ताजा खबर

ताप्लेजुङ कारागारमा कैदि/बंदिको आँखा परिक्षण

RadioTaplajung

        रेडियो ताप्लेजुङ-कैदी/बन्दीका आँखाको परीक्षण गरी मोतियाबिन्दुका बिरामी समेतको पहिचान गर्ने उदेश्यले नेपाल नेत्र ज्योति संघ डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रले सोमवार ताप्लेजुङ कारगारका कैदी/बन्दीको आँखा परीक्षण गरेको छ ।

मोतियाबिन्दुका बिरामीलाई मंसिर ५–७ सम्म नेत्र ज्योति संघ,सेवा फउण्डेसन र फुङ्लिङ नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको निःशुलक आँखा स्वास्थ्य शिविरमा शल्कृया समेत गर्नेगरी परीक्षण शिविर सञ्चालन गरिएको नेत्र ज्योति संघका शाखाका सचिव खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । ९३ कैदी र १३ थुनुवा रहेको कारागारका सबै कैदी/बन्दीको आँखाको परीक्षण तथा उपचार गरिएको थियो । नेपाल नेत्र ज्योति संघ/डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक ईञ्चार्ज काजी गुरुङका अनुसार सबै कैदी/बन्दीको आँखाको परीक्षण पछि चश्मा लगाउन सिफारिस गरिएकालाई निःशुल्क रुपमा चश्मा तथा औषधी समेत बितरण गरिएको छ ।

         कारागार भित्र रहेका सबैभन्दा बृद्ध कैदी ६६ बर्षिय भक्तबहादुर लिम्बूको आँखाको परीक्षण गर्दै कार्यक्रमलाई औपचारिकता प्रदान गरिएको थियो । यसअघि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख,प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जिल्ला कारागारभित्र सञ्चालित शिविरको उद्घाटन गर्नु भएको थियो । नेपाल नेत्र ज्योति संघका जिल्ला उपसभापति राजकुमार गुरुङले कारागारभित्र आँखा शिविर सञ्चालनको औचित्य प्रस्ट्याउनु भएको थियो ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

एमाले अध्यक्ष थेवेको आइसियुमा उपचार हुँदै 

ताप्लेजुङ – आश्विन १७ गते । आनन्द गौतम नेकपा एमाले जिल्ला कमिटि ताप्लेजुङका अध्यक्ष एबं संविधान सभा सदस्य भुपेन्द्र थेवे अस्पताल भर्ना भएका छन ।

RadioTaplajung

२२ महिने शिशुको हर्नियाको शल्यक्रिया गरियो

  पाँचथर ।   पाँचथरमा पहिलो पटक एक शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिका ७ का २२ महिने शिशुको जिल्ला सदरमुकाम

RadioTaplajung

डेंगु परीक्षण गर्ने किट सरकारसँग छैन,संक्रमण उच्च जोखिममा 

काठमाडौं,असोज ५ गते । नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिँदा सरकारसँग भने अहिले डेंगु परीक्षण गर्ने किट सकिन लागेको छ।  स्वास्थ्य तथा