ताजा खबर

म्यानचेस्टर सिटीको अपराजित यात्रामा लाग्यो ब्रेक, चेल्सीसँग हार्‍यो

RadioTaplajung

म्यानचेस्टर सिटीको अपराजित यात्रामा लाग्यो ब्रेक, चेल्सीसँग हार्‍यो
 मंसिर २३ गते । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी पराजित भएको छ । चेल्सीसँग २–० ले पराजित भएपछि म्यानचेस्टर सिटीको यो सिजनको अपराजित यात्रा तोडिएको छ ।

अघिल्लो खेलमा कमजोर टोली उल्भरह्याम्टनसँग पराजित भएको चेल्सीले शनिबार राति भएको खेलमा उत्कृष्ट जित निकाल्यो । चेल्सीको यो जितले म्यानचेस्टर सिटीको २१ खेलको अपराजित यात्रामा पूर्ण विराम लाग्यो । चेल्सीलाई जित दिलाउनका लागि एंगोलो कान्टे र डेविड लुइजले एक एक गोल गरेका थिए । दुबै गोलका लागि एडिन हाजार्डले एसिस्ट गरेका थिए ।

पहिलो हाफमा म्यान्चेष्टर सिटीले केही राम्रा अवसर पाएको थियो । तर सबै प्रयास चेल्सी गोलकिपर केपा अरिजाबालागा र डिफेन्डरले विफल बनाए । स्ट्याम्फर्ड ब्रिजमा भएको खेलको ४५औं मिनेटमा इडिन हाजार्डको क्रसमा कान्टेले पेनाल्टी स्पट नजिकैबाट गोल गर्दै चेल्सीलाई पहिलो हाफअघि १–० को अग्रता दिलाए ।

दोस्रो हाफमा चेल्सीले म्यान्चेष्टर सिटीलाई दबाबमा राख्न सफल भयो । विलियनको एउटा उत्कृष्ट फ्रिकिक म्यान्चेष्टर सिटीका गोलकिपर इडर्सन मोरेजले बचाएका थिए । त्यसपछि फेरी विलियनको ग्रास बललाई गोलकिपरले विफल बनाइदिए । ७८औं मिनेटमा इडिन हाजार्डले प्रहार गरेको कर्नरमा डेविड लुइजले हेड गर्दै गोलमा परिणत गरेपछि चेल्सीले २–० को अग्रता लियो ।

म्यानचेस्टर सिटीले भने एक गोल पनि फर्काउन सकेन । यो पराजयपछि म्यानचेस्टर सिटी प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा झरेको छ । उसको ४१ अंक छ भने बर्नमाउथलाई हराएको लिभरपुल ४२ अंकसहित पहिलो स्थानमा छ । चेल्सी ३४ अंक सहित चौथो स्थानमा छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा