ताजा खबर

ताप्लेजुङमा प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता

RadioTaplajung

रेडियो ताप्लेजुङ,मंसिर २३ गते । फुङलिङ नगरपालिकाको आयोजनामा प्रथम मेयर कप पुरुष भलिवल प्रतियोगीता हुने भएको छ । प्रतियोगीता पुस ७ गतेदेखि १५ गतेसम्म संञ्चालन हुने भएको हो । प्रतियोगीताको उद्घाटन चासोक तङनाममा तथा तमू ल्होसारको अवसरमा  समापन गर्नेगरि तयारी गरिएको खेल संयोजक पदम सुन्दर पालुङवाले जानकारी दिए । फुङलिङ नगरपालिका–८ का वडाअध्यक्ष समेत रहेका पालुङवाका अनुसार नगरपालिकाभित्रका ११ वटै वडालाई सहभागीताका लागि अनुरोध गरिएको छ । आगामी वर्षदेखि बाँकी स्थानिय तहको टिमलाई समेत सहभागी गराउने योजना रहेको नगरपालिकाले जनाएको छ ।
विजेता टिमका लागि ३ सय तोला चाँदी र २ तोला सुन जडित कप तयार गरिनेछ । निर्माणाधिन कपको मूल्य ४ लाख २० हजार पर्ने अनुमान गरिएको छ । प्रथम पुरस्कार ७५ हजारसहित कप मेडल तथा प्रमाणपत्र,दास्रो पुरस्कार ५० हजारसहित कप मेडल र प्रमाणपत्र र तृतिय पुरस्कार २५ हजारसहित प्रमाण पत्र र मेडल प्रदान गरिनेछ । प्रतियोगीता अवधिभरका घोषित स्पाइकर,लिफ्टर,अल राउण्डर,लिब्रो र ब्लकरलाई जनही ५ हजारले पुरस्कृत गरिनेछ ।
खेलाडीहरु संम्बन्धित वडाका स्थायी बासिन्दा हुनुपर्ने प्रावधान छ । अन्य स्थानबाट नगरपालिकाभित्र बसाई सरि आएकाहरुको हकमा २०७५ असार मसान्तभित्र बसाईसराई गरेको प्रमाण खुल्ने कागजात ल्याउनुपर्नेछ । वडाले गलत खेलाडी सिफारिस गरिएको पाइएमा खेलकुद विकासका लागि छुट्याइने वार्षिक बजेट रोक्का गरि त्यस्ता खेलाडीलाई ३ वर्षसम्म नगरपालिकाको आयोजनामा हुने भलिबल प्रतियोगीताबाट बञ्चित गराइने संयोजक पालुङवाले बताए । पुस ५ गतेभित्र खेलाडीको नामावली बुझाउनुपर्ने भएको छ । जर्सी नं. १ देखि २१ सम्मको मात्र हुनुपर्ने र टिम कप्तानको छातीको देब्रेपट्टि ८ से.मी. देखिने धर्को हुनुपर्ने,६ टिम भन्दा कम भएमा लिग कम नकआउट र बढि भए नक आउटका आधारमा खेलाइने,नाम,वतन खुल्ने आवश्यक कागजात तथा फोटो स्प्रष्ट खुल्ने गरि खेल तालिका बनाउनुपूर्व संम्बन्धित वडा कार्यालयको सिफारिससहित बुझाउनुपर्ने लगायत १९ बुँदे मार्गदर्शन तयार पारेको छ । प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गरि छनौट भएका खेलाडीलाई नगरपालिकाको टिममा समावेश गरिने भएको छ ।
खेल संयोजक पालुङवासहित सदस्यमा वडा नं. १ का अध्यक्ष पदम बहादुर सुनुवार,वडा नं. ४ का अध्यक्ष जीतेन चेम्जोङ,वडा नं. ७ का अध्यक्ष राजन गुरुङ,नगरकार्यपालिका सदस्य दावा शेर्पासहित जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमूख यज्ञनिधी पौडेल सदस्य सचिव र नगरपालिका नायब सुब्बा निर्मल शेर्पा रहेका छन् । यसैबिच प्रतियोगीता संञ्चालन गर्ने स्थानको भने टुङ्गो लागेको छैन् । मेयर छत्रपति प्याकुरेलका अनुसार श्री नयाँ रणभिम गूल्म वा कवर्डहलको मैदानको विषयमा कुराकानी गर्न बाँकी रहेको छ ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक