ताजा खबर

प्रियंकाको रिसेप्सनमा सलमान खानदेखि पूर्वप्रेमीसम्म पुगे

RadioTaplajung

पुस ६ गते ।  नव विवाहित अभिनेत्री प्रियंका चोपडा र निक जोनसले डिसेम्बर २० मा मुम्बईमा बलिउड स्टारहरुका लागि भव्य रिसेप्सन आयोजना गरेका थिए ।

त्यस पार्टीमा रणवीर सिंह, दीपिका पादुकोण, कट्रिना केफ, अनुष्का शर्मा लगायतका बलिउडका सुपरस्टारहरु सहभागी भएर प्रियंका र निकलाई बधाई तथा शुभकामना दिएका थिए ।


तर यस पार्टीमा केही यस्ता कलाकारहरु पनि सहभागी भएर सबैलाई चकित बनाइदिए जसको धेरैले अपेक्षा गरेका थिएनन् । यी ४ कलाकारहरुको उपस्थितिले सबैलाई चकित बनाएको थियो ।

उपस्थित भएका यी कलाकारमध्ये कसैसँग प्रियंका चोपडा एक समय प्रेममा थिइन् भने कोहीसँग उनको झगडा नै परेको थियो । तर यि कलाकारले विगतका सबै कुरालाई भुलेर प्रियंकाको रिसेप्सनमा सहभागी भएर शुभकामना दिए ।


ती ४ जना कलाकारमध्ये सलमान खानको नाम सबैभन्दा पहिले आउँछ । प्रियंका चोपडाले सलमान खानको फिल्म ‘भारत’ साइन गरेर विवाहकै लागि भनेर छोडीदिएकी थिइन् । त्यसबेलादेखि नै सलमान खान र प्रियंकाबीच शीतयुद्ध चलिरहेको थियो ।

यसै कारण अभिनेता सलमान खान प्रियंकाको रिसेप्सनमा सहभागी नहुने खबर आइरहेका थिए । तर सलमानले ती सबै अफवाहलाई वेवास्ता गर्दै प्रियंका र निकको विवाहमा सहभागी भएका थिए ।


अभिनेता शाहिद कपूर र प्रियंका चोपडा कुनै समयमा एकअर्काको प्रेममा थिए । शाहिद र प्रियंकाको प्रेमको चर्चा उनकी पत्नी मीरालाई समेत थाहा थियो । तर विगतका ति सबै कुरालाई बिर्सिएर शाहिद कपूर र मीरा राजपुत पनि प्रियंका र निकको खुशीमा सहभागी भएका थिए ।


यस्तै प्रियंका चोपडाका पूर्वप्रेमी हर्मन वबेजा पनि पार्टीमा सहभागी भएका थिए ।
 उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण