ताजा खबर

करण जोहरको फिल्ममा करिनाका साथ सिद्धार्थको रोमान्स

SITENAME

करण जोहरको फिल्ममा करिनाका साथ सिद्धार्थको रोमान्स

वैशाख १० गते । बलिउडकी अभिनेत्री करिना कपूर खान करण जोहरको फिल्ममा अभिनेता सिद्धार्थ मल्होत्रासँग काम गर्ने पक्का भएको छ । छिट्टै नै रिया कपूरको चलचित्र ‘वीरे दी वेडिङ’मार्फत कम ब्याक गरिरहेकी करिना यस फिल्मको काम सके लगत्तै करण जोहरको फिल्ममा देखिनेछिन् ।

अहिलेसम्म यस फिल्मको निर्देशक तथा अन्य कुराको टुंगो नलागे पनि यस फिल्ममा करिना कपूर खान र सिद्धार्थ मल्होत्रालाई भने जोडीको रुपमा अनुबन्धन गरिसकिएको छ । करण जोहरले यस फिल्ममा अर्को एक जोडीको पनि खोजी गरिरहेका छन् ।   करिना र सिद्धार्थका साथै अर्को जोडी पनि यस फिल्ममा रहनेछन् ।

अभिनेता सिद्धार्थ मल्होत्राले सन् २०१२ मा करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मार्फत डेब्यू गरेका थिए ।  सिद्धार्थका पछिल्ला फिल्महरु ‘अ जेन्टलम्यान, बारबार देखो, इत्तेफाक र अय्यारी एक पछि अर्को गर्दै फ्लप भएका थिए । ज्याकलिन फर्नान्डेजका साथमा अ जेन्टलम्यान, कट्रिना केफकासाथ बारबार देखो, सोनाक्षी सिन्हाका साथ इत्तेफाक र साउथ फिल्मकी अभिनेत्री राकुल प्रितका साथमा अय्यारीमा जोडीको रुपमा काम गरेका सिद्धार्थले नमज्जासँग असफलताको स्वाद चाख्नु परेको थियो ।

उनका फिल्महरु फ्लप भएसँगै सिद्धार्थको बलिउड करियर पनि ओरालो लागिरहेको बेला करणले करिनाकासाथ अनुबन्धन गरेर फेरि पनि मौका दिएका छन् । अब यस फिल्ममार्फत करिनाले सिद्धार्थको करियरलाई माथि उकास्न सहयोग गर्नेरनगर्ने बारेको जानकारी फिल्म प्रदर्शन भए पछाडि नै थाहा हुनेछ ।
स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
SITENAME

अपारदर्शी मिस वर्ल्ड, श्रृंखलामाथि ‘अन्याय’ !

  मंसिर २३ गते । मेक्सिकोकी सुन्दरी भानेसा पोन्स डे लियोनलाई ताज पहिर्‍याउँँदै चीनमा मिस वर्ल्ड २०१८ प्रतियोगिता शनिबार पटाक्षेप भयो । नेपालकी

SITENAME

सकियो शृङ्खलाको मिस वर्ल्ड बन्ने सपना शृङ्खला मिस वर्ल्डको टप १२ बाटै आउट

रेडियो ताप्लेजुङ-मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै टुंगिएको छ । चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल

SITENAME

तोड्लिन् त शृङ्खलाले मिस वर्ल्डको इतिहास, अहिलेसम्म कुन देशले कति पटक जिते ?

तोड्लिन् त शृङ्खलाले मिस वर्ल्डको इतिहास, अहिलेसम्म कुन देशले कति पटक जिते ?  मंसिर २२ गते ।  मिस वर्ल्डको नतिजा आज सार्वजनिक हुँदैछ । चीनको