ताजा खबर

उपसिमितले तयार पारेको प्रतिवेदन लेखा समितिद्वारा संशोधन गरेर पास

RadioTaplajung

पुस २३ गते । नेपाल वायुसेवा निगमले खरिद गरेका दुईवटा वाइडबडी विमानको खरिद प्रक्रियाबारे अध्ययन गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसिमितले तयार पारेको प्रतिवेदनमा छलफल गरी त्यसमा केही महत्वपूर्ण संशोधन गर्दै लेखा समितिले पारित गरेको छ ।
उपसिमितले तयार पारेको प्रतिवेदनले तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव प्रेमकुमार राईलाई कारबाहीका लागि सिफारिस गरेकोमा समितिले त्यसमा संशोधन गर्दै उनलाई सफाई दिने उल्लेख गरेको छ। संशोधनमा निगमका महाप्रबन्धकले गलत सूचना दिएका कारण उनलाई कारवाहिको सिफारिस गरिएपनि पछि प्रेमकुमार राईले दिएका सबै सूचनाका आधारमा विमान खरिद प्रकरणमा उनको कुनै संलग्नता नरहेको देखिएको बताइएको छ।

यस्तै उपसमिति प्रतिवदेनलेसंस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी र तत्कालीन मन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्र नारायण देवले सार्वजनिक खरिद ऐन विपरित विमान खरिद अगाडि बढ्दा पनि सतर्कता नअपनाएकोले नैतिक जिम्मेवारी र बदनियत देखिएको कारणले कारबाही सिफारिस गरिएकोमा त्यसमा संशोधन गर्दै कानुन सम्मत कारवाहीका लागि सरकार र अख्तियारलाई निर्देशन दिने उल्लेख गरिएको छ ।

समितिको सोमबार बसेको बैठकले अनियमितता छानबिन उपसमितिको प्रतिदेनका आधारमा कारबाही बढाउन निर्देशन दिएको हो।
समितिले निगम सञ्चालक समितिका सदस्य सचिव तथा महाप्रबन्धक भई पुरानो विमान खरिद गर्ने प्रक्रिया बढाइ प्रमुख भूमिका खेलेको देखिएकाले महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गरी कारबाही बढाउन निर्देशन दिएको छ।

यस्तै, निगमबाट प्राप्त विवरणका आधारमा विमान खरिदका लागि बनाइएका उपसमितिमा रहेका ब्यक्ति र उक्त प्रकरणमा संलग्न अन्यमाथि पनि छानबिन गर्न निर्देशन दिएको छ।

नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइडबडी विमानको खरिद प्रक्रियाबारे अध्ययन गर्न संघीय संसदको सार्वजनिक लेखा समितिलेम‌ंसिर २६ माकांग्रेस सांसद राजेन्द्र कुमार केसी ९राजन० को संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको थियो। उपसमितिले गत बुधबार समितिलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। ई-कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्