ताजा खबर

आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

RadioTaplajung

पुस २३ गते ।  नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

१८ करोड ६६ लाख ५ हजार बिगो दावीसहित अख्तियारले विशेष अदालतमा आज मुद्धा दायर गरेको आयोगकका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

निगमका लागि जग्गा खरिद गर्ने क्रममा भ्रष्टाचारमा संलग्न भएको भन्दै मन्त्रालयमा तानिएपछि खड्काले पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गर्नुभएको थियो ।

उहाँले निगमलाई मार्गप्रशस्त गर्न राजीनामा दिएको बताउनुभएको थियो । उहाँले बिनाजिम्मेवारी नौ महिनासम्म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थन्किएर बस्नु पर्दाको पीडा सैह्य नभएपछि पदबाट राजीनामा दिनु परेको पनि स्पष्ट पार्नु भएको थियो । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,