ताजा खबर

छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

RadioTaplajung

पुस २३ गते । स्याङ्जा – छोरीलाई जबरजस्ती करणी गर्ने बुवालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ ।

पुस १४ गते राति छोरीलाई जबरजस्ती करणी गरेकोले पीडितले सहन नसकी आफन्तलाई बताइदिने भनेपछि भोलिपल्ट छोरीलाई तातो कुँडो खन्याई ज्यान मार्ने प्रयाससमेत गरेकाले बुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिनुभयो ।

३५ वर्षीय आफ्नै बुवाले दुई वर्ष पहिलादेखि १२ वर्षीया छोरीलाई विभिन्न किसिमको यातना दिई जबरजस्ती करणी गर्दै आएको तथा अरु कसैलाई भनेमा ज्यान मार्ने भन्दै धम्की दिने गरेको अनुसन्धानबाट खुलेको प्रवक्ता सिंहले बताउनुभयो ।

छोरी करणी गर्ने आफ्नै बुवालाई प्रहरीले पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि वढाएको छ । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले