ताजा खबर

’प्रेमलीला’को प्रदर्शन मिति सर्‍यो , अब फागुन १० मा आउने

RadioTaplajung

पुस २९ गते ।   माघ २५ गतेलाई आफ्नो रिलिज गर्ने तयारीमा रहेको फिल्म’प्रेमलीला’ले आफ्नो प्रदर्शन मितिलाई केही पछाडि सारेको छ ।

फिल्मको भिएफएक्सको काम सकिन अझै केही समय लाग्ने भएपछि फिल्म निर्माण टिमले प्रदर्शनलाई पछि सारेको फिल्मकी नायिका दिपशिखा खड्काले बताएकी छिन् ।

फिल्म अब फागुन १० गतेदेखि प्रदर्शन हुनेछ । वितरक कम्पनी र निर्माण टिमबीच फागुन १० मा फिल्म सार्वजनिक प्रदर्शनमा ल्याउने सहमति भइसकेको नायिका खड्काले बताएकी छिन् ।

अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको फर्स्ट लुक र दुई गीत सार्वजनिक भइसकेका छन् भने ट्रेलर छिट्टै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम लागेको छ ।

पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत रहेको छ । यसैगरी राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजाहसने स्वर दिएका छन् ।

फिल्ममा दीपशिखा खड्का, भारतीय मोडल अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको अभिनय रहेको छ ।

नायिका खड्काकै कथा रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् । उज्यालो

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण