ताजा खबर

ताप्लेजुङको मामाङ्खेमा माघे सक्रान्ति महोत्सव

RadioTaplajung


रेडियो ताप्लेजुङ । ताप्लेजुङको मामाङ्खेमा माघे सक्रान्ति(कक्फेक्वा तङ्नाम) महोत्सव सुरु भएको छ । सिरिजंघा गाउँपालिका–६ मामाङ्खेमा रहेका विभिन्न सँस्कृतिक तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसारका साथै गाउँको विकासमा सरोकारवालाको ध्यानाकर्षणका लागि महोत्सवको आयोजना गरिएको आयोजकले बताएका छन् ।

वडाध्यक्ष शुक्रराज मावोले आइतबार महोत्सवको उद्धघाटन गरे । महोत्सवमा सहभागिताका लागि प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, प्रदेशसभा सदस्यहरु टंक आङबुहाङ, बलबहादुर साम्सोहाङ र होमकुमारी साँबा लगायत सोमबार मामाङ्खे जाँदै छन् । आयोजक मामाङ्खे युवा स्पोर्टिङ क्लवका सदस्य डिल्लीराज माबोका अनुसार तीन दिन चल्ने माघ १ गते समापन हुने छ । सो अवसरमा पुरुष र महिला फुटबलसहित साँस्कृतिक कार्यक्रम हुने छन् ।

आइतबार सुरु भएको पुरुष फुटबलमा खेवाङले विजयी सुरुवात गरेको छ । खेवाङ स्पोर्टिङ क्लवले मामाङ्खेलाई ४–२ गोलअन्तरले पराजित गरेको खेवाङका बिनम मावोले बताए । स्थानीय युवाहरुले विभिन्न ठाउँमा रहेका दाताहरुबाट सहयोग संकलन गरेर गाउँको प्रचार र विकासका लागि महोत्सव तथा खेलकुद कार्यक्रमको आयोजना गरिएको प्रचार संयोजक कैलाश मावोले बताए । 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक