ताजा खबर

मेस्सीले बनाए ४०० गोलको किर्तिमान,रियल चौथो स्थानमा,म्यानयूको छैटौ जित

RadioTaplajung

पुस ३० गते । बार्सिलोना फरवार्ड लियोनल मेस्सीले ला लिगामा ४०० गोलको कीर्तिमान बनाएका छन् । आइतबार राति बार्सिलोनाले एइबारलाई ३–० ले हराउने क्रममा मेस्सीले एक गोल गर्दा मेस्सीले एक गोल गर्दै ला लिगाको यो कोषेढुंगा पार गरेका हुन् । मेस्सी ला लिगाको सर्वकालीन सर्वाधिक गोलकर्ता समेत हुन् । मेस्सीले ४०० गोल पूरा गर्नका लागि ४३५ खेल खेलेका छन् । युरोपको कुनै एउटा लिगमा ४०० गोल गर्ने पहिलो खेलाडी बनेका मेस्सीले दोस्रो हाफमा ब्यक्तिगत दोस्रो गोल गर्ने राम्रो मौका पाएका थिए । तर एइबारका गोलकिपर एसियर रियस्गोले उत्कृष्ट बचाउ गरे ।

युरोपको शीर्ष पाँच लिगमा ४०० गोल पूरा गर्ने जम्मा दुई खेलाडी छन् । रोनाल्डोले ४०९ गोल बनाइसकेका छन् । रोनाल्डोले इंग्ल्याण्ड, स्पेन र इटलीका लिगमा गरी ५०७ खेल खेलेका छन् ।

एइबारलाई ३–० ले हराउँदा मेस्सीले एक गोल गर्दा लुइस स्वारेजले दुई गोल गरे । स्वारेजले १९ औं र ५९औं मिनेटमा गोल गरेका थिए । मेस्सीले स्वारेजको पासमा ५३औं मिनेटमा यो महत्वपूर्ण गोल गरेका थिए ।

जितसँगै बार्सिलोनाले पाँच अंकको अग्रता लिएको छ । उसको १९ खेलमा ४३ अंक छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडको ३८ अंक छ ।

एट्लेटिकोले आइतबार राति लेभान्टेलाई १-० ले हराएको थियो । तेस्रो स्थानको सेभिया भने एथल्टिक बिल्बाओसँग २-० ले पराजित भयो । पराजयपछि सेभिया शीर्ष स्थानको बार्सिलोनाभन्दा १० अंकले पछि परेको छ । अर्को खेलमा स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल बेटिसलाई हराउँदै रियल मड्रिड ला लिगाको चौथो स्थानमा उक्लिएको छ ।

ड्यानी सेबालोसले खेलको अन्त्यतिर उत्कृष्ट फ्रिकिक गोल गरेपछि रियल बेटिसलाई दुई एक गोलले हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको हो ।

रियलले १३ औं मिनेटमै लुका मोड्रिचको गोलमार्फत अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा भिडियो असिस्टेन्ट रेफ्री ९भार०ले रेफ्रिको अफसाइडको निर्णय उल्टाएर बेटिसका सेगियो कानालेसको गोललाई मान्यता दिएसँगै ६७ औं मिनेटमा खेल बराबरीमा आएको थियो ।

८८ औं मिनेटमा रियलले फ्रिकिक पायो । ७४ औं मिनेटमा रिगुइलनलाई प्रतिस्थापन गरी मैदान प्रवेश गरेका स्पेनिस मिडफिल्डर काबालोसले फ्रिकिकमार्फत आफ्नो पूर्वक्लवबिरुद्ध गोल गरी टिमलाई स्पष्ट तीन अंक दिलाए । यो जितले रियल ला लिगाको चौथो स्थानमा उक्लिएको छ ।
यसैबिच ओले गुनर सोल्स्कायरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा शतप्रतिशत जित निकालेको छ ।
आइतबार भएको खेलमा युनाइटेडले टोटनह्यामलाई हरायो । सोल्स्कायर प्रशिक्षकमा नियुक्त भएपछि युनाइटेडलाई ६ खेलमा छैटौं जित दिलाउनका लागि माकएस रासफोर्डको गोल निर्णायक बन्यो ।  यो जितसँगै सोल्स्कायरले म्यानचेस्टर युनाइटेडको इतिहासमै पहिलो ६ खेलमा जित दिलाउने इतिहास कायम गरेका छन् ।  टोटनह्यामको मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउनका लागि रासफोर्डको गोलभन्दा महत्वपूर्ण गोलकिपर डेविड डि गेयाको प्रदर्शन निर्णायक बन्यो । दोस्रो हाफमा उनले १० वटा उत्कृष्ट बचाउ गरेका थिए । जसमध्ये सातवटा प्रहार फ्रेममा थियो ।  जितसँगै म्यानचेस्टर युनाइटेड ४१ अंक बनाउँदै पाँचौं स्थानमा उक्लिएको छ । यो पराजयका कारण टोटनह्यामलाई भने उपाधि अभियानमा धक्का लागेको छ । ४८ अंक बनाएको टोटनह्याम लिग लिडर लिभरपुलभन्दा ९ अंकले  पछि परेको छ ।

 

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा