ताजा खबर

इन्भेस्टमेन्टलाई राष्ट्र बैंकको निर्देशन : सुमार्गीको रकम फर्काउनू

RadioTaplajung

पुस ३० गते । व्यापारी अजेयराज सुमार्गीले निकासा गरिसकेको रकम फिर्त्याउन राष्ट्र बैंकले इन्भेस्टमेन्ट बैंकलाई निर्देशन दिएको छ ।


आफ्नो अन्तरिम आदेश सच्याउँदै सर्वोच्च अदालतले सुमार्गीको मुक्तिश्री सिमेन्टको नाममा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउनगत २४ गते अर्को आदेश जारी गरेको थियो ।

उक्त आदेश जारी गरेको पाँचौं दिन आइतबार राष्ट्र बैंकले सुमार्गीको खाता रहेको इन्भेस्टमेन्ट बैंकलाई उक्तरकम फिर्ता गर्न निर्देशन दिएको हो । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले सर्वोच्चको पत्र आइतबार प्राप्त भएको र त्यसैका आधारमा आदेश कार्यान्वयनका लागि इन्भेस्टमेन्टबैंकलाई निर्देशन दिइएको बताए ।

मुक्तिश्री सिमेन्टका नाममा आएको वैदेशिक लगानीको स्रोत नखुलेको भनी राष्ट्र बैंकले करिब ५ वर्षदेखि रोक्का राखेको रकम यही पुस १० गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासको आदेशले खुला गरिदिएको थियो । उक्त आदेशपछि सुमार्गीले ७।५ मिलियन अमेरिकी डलर ९करिब ८४ करोड रुपैयाँ० झिकेर अर्को बैंक खातामा राखेका छन् । उक्त रकम झिक्नुपूर्वकै अवस्थामा ल्याउनू भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश आनन्दमोहन भट्टराईको गत २४ गतेको इजलासले आदेश दिएको थियो । ‘कानुनबमोजिमजे जस्तो कारबाही र प्रक्रिया अपनाउनुपर्ने हो,अपनाई नेपाल इन्भेस्टमेन्ट बैंकमा प्राप्त भएकोविवादित रकम पहिलेकै अवस्थामा राख्नू’ तत्कालीन आदेशमा भनिएको छ ।

‘सर्वोच्चको आदेश कार्यान्वयन गर्न इन्भेस्टमेन्ट बैंकलाई पत्र पठाएका छौं,’ ढुंगानाले भने, ‘अब बैंकले उक्त निर्णय कार्यान्वयन गर्नुपर्छ ।’ सर्वोच्चको आदेशअनुसार सरकारले सुमार्गीमाथि अन्य प्रक्रियासमेत अघि बढाउनुपर्नेछ ।

मुक्तिश्रीका नाममा आएको वैदेशिक लगानीरकम पठाउने व्यक्ति सुमार्गी नै रहनु शंकास्पद भन्दै सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० ऐन २०६४ अनुसार उनीमाथि अनुसन्धान गरी कारबाही चलाउनुपर्ने सर्वोच्चको टिप्पणीसमेत छ । जोशी इजलासको अन्तरिम आदेशमा ‘कानुन, न्याय र अदालतले अनुसरण गर्दै आएको आम प्रक्रिया मिलेको नदेखिएको’ सर्वोच्चले उल्लेख गरेको छ । सुमार्गीले रकम भित्र्याउँदाको प्रक्रिया नै शंकास्पद देखिएको आदेशमा छ ।

राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले सुमार्गीले ल्याएको रकमको स्रोत खुल्न नसकेको भन्दै सम्पत्ति शुद्धीकरण विभागलाई अनुसन्धान गर्न चार वर्षअघि पत्राचार गरेको थियो । विभागको प्रारम्भिक अध्ययनले सुमार्गीले ल्याएको करिब १२ अर्ब रुपैयाँ ‘अवैध’ भनी विस्तृत अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । तर विभागले विस्तृत अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन ढिलाइ गरिरहेको छ । ई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,