ताजा खबर

ताप्लेजुङका गाउँगाउँमा गाडी

RadioTaplajung

आनन्द गौतम,ताप्लेजुङ,पुस ३० गते । कात्तिक मसान्तसम्म मेरिङदेन गाउँपालिकामा रहेको दोभान बजारबाट छुट्ने गाडी एक ठाउँमात्रै हुन्थ्यो दोभान–ताप्लेजुङ । अहिले यहाँबाट सदरमुकाम फुङलिङबाहेक मैवाखोला, मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकाका टोलटोलमा गाडी चल्न थालेको छ ।
दोभान ट्याक्सी काउन्टरको सूचनाअनुसार बिहान, दिउँसो र बेलुका गरेर तीन चरणमा गाडी चलाउन थालिएको छ । यी जिल्लाका पश्चिमी गाउँपालिका हुन् । सदरमुकाम फुङलिङका काउन्टरको सूचनी पनि बढेको छ । उत्तरतर्फ फक्तालुङ गाउँपालिकाको तापेथोक बगरसम्म मात्रै जाने गाडी लेलेपको सिमाना रानी पुलसम्म पुग्न थालेका छन् ।

गाउँपालिकाका अनुसार माघ पहिलो सातासम्ममा लेलेप बजारसम्मै पुग्छ । सिंवा बजार सम्ममात्रै जाने गाडी खेजेनिमको सिरानसम्मै पुग्न थालेका छन् । पूर्वतर्फ सिदिङवा गाउँपालिकाको कालिखोला, सादेवा, मेहेलेसम्मै गाडी पुग्छन् । दक्षिणी क्षेत्रको अन्तिम वडा निगुरादिन र फूलबारीका सुन्तला साना गाडी गाउँमै ल्याएर बिक्रीका लागि झापाको बिर्तामोड पुर्‍याइयो ।

मान्छेले पनि झोला बोकेर कावेलीसम्म धाउनुपर्ने बाध्यता हटेको छ । सडक विस्तार त नियमित प्रक्रिया हो । अहिले पुगेका गाडी भने खोलामा पानीको सतह घटेर गाउँगाउँ पुगेका हुन् । जहाँको पानी घटेर पनि गाडी तर्दैन त्यहाँ अस्थायी पुल लगाइएको छ । जहाँ पुल लगाउनुपर्दैन त्यहाँ खोलामा ढुंगाले तार्न थालिएको छ ।

‘तमोर नदीमाचाहिँ पानीको प्रवाह बढी नै भएकाले खोलाबाट तार्न सकिदैन,’ चालक केकेहाङ लिम्बूले भने, ‘बाँकी ताप्लेजुङका सबै खोलामा ढुंगा हालेर अब गाडी तार्न सकिन्छ ।’ हिउँ परेको दोस्रो दिन भने सावधानी अपनाउनुपर्ने ट्याक्सी व्यवसायी दिपेन पोमु बताउँछन् । हिउँ बिलाउने दिनमा पानीको सतह बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उनको तर्क छ ।

अहिले कावेली, मेवा, मैवा, हेवा, तावाजस्ता खोलामा ढुंगा भरेर गाडी तार्न थालिएको छ । सदरमुकाम वा नजिकको व्यापारिक केन्द्रबाट एउटा वडामा कम्तीमा एउटा गाडी चल्ने भएकाले स्थानीयलाई राहत भएको दिपेन बताउँछन् । ‘अब हिँडेरै यात्रा गर्नु कमै वडा छन्, धेरैमा गाडी चल्न थालिसक्यो,’ पाथीभरा ट्याक्सी काउन्टरका टिकेन्द्र नेपालीले भने, ‘प्रत्येक गाउँपालिकामा सानागाडी चलाइरहेका छौं ।’ गाडी पुगेपछिको सबैभन्दा ठूलो राहत बिरामीलाई हुने सिरिजंघा गाउँपालिका अध्यक्ष टीका गुरुङ बताउँछन् । ‘कम्तीमा पहिला जस्तो ढाकर, तक्मा र स्टेचर चाहिदैन,’ उनले भने, ‘आफन्तले बिरामीलाई तत्काल उपचारको पहुँचमा पुर्‍याउन सक्छन् ।’

हिउँदमा जस्तै बर्खामा पनि टोलटोलमा गाडी पुर्‍याउने प्रयासमा गाउँपालिका रहेको टीका बताउँछन् । ‘अधिक खहरे खोला त्यसमा पनि ठाडा खोला भएकाले केही चुनौती छ,’ उनले थपे, ‘त्यसलाई व्यवस्थापन गर्न योजनासहित काम गर्छौं ।’ जिल्लामा एक नगरपालिका, आठ गाउँपालिकाका ६१ वटा वडा छन् । बर्खामा नगरपालिकाभित्रैका सवै टोलमा गाडी पुग्दैन । हिउँदमा भने टोलटोलमा पुग्न थालेको छ ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक