ताजा खबर

लोकतान्त्रिक जनआन्दोलन सफल भएको १२ वर्ष पूरा

RadioTaplajung

लोकतान्त्रिक जनआन्दोलन सफल भएको १२ वर्ष पूरा
 बैशाख ११ । २०६२र६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको १२ वर्ष पूरा भएको छ । १९ दिने जनआन्दोलनले सफलता प्राप्त गरेको दिनको सम्झनामा विभिन्न कार्यक्रम गरी आज लोकतन्त्र दिवस मनाइँदै छ । यस अवधिमा जनताका राजनीतिक माग पूरा भए पनि जनजीविकाका मुद्दा भने अझै सम्बोधन हुन सकेका छैनन् । २०६२ सालको चैत २६ गतेबाट सुरु भई १९ दिनपछि अर्थात् २०६३ साल वैशाख ११ गते आन्दोलनले सफलता प्राप्त गरेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता र शक्ति आफ्नो हातमा लिएपछि तत्कालीन सात दलले विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग बोकेर सडकमा ओर्लिएका थिए । कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको अडानले बैशाख ११ गते पूर्णरुप पाएको थियो । जनताको हातमा आफूले लिएका सबै शक्ति र सत्ता फर्काउन राजा ज्ञानेन्द्र सहमत भएपछि आन्दोलन टुंगिएको थियो । २०६२÷६३ मा भएको जनआन्दोलनमा २५ जना नेपाली सपूतले जीवन बलिदान दिए भने थुप्रै घाइते भए ।

राजा ज्ञानेन्द्रले मुलुकमा निरंकुश शासन लादेपछि विपरीत ध्रुवमा मुख फर्काएर बसेका संसद्वादी सात राजनीतिक दल र माओवादी दिल्ली सम्झौतापछि एउटै विन्दुमा उभिएर लोकतान्त्रिक आन्दोलन सुरु भएको थियो । दिल्लीमा सात दल र माओवादीबीच निरंकुश राजतन्त्र अन्त्य गरी लोकतन्त्र स्थापना गर्न १२ बुँदे समझदारी भएपछि अगाडि बढेको शान्तिपूर्ण आन्दोलनमार्फत् नेपालीले लोकतन्त्र प्राप्त गरेका हुन् । यसक्रममा २०६४ सालको पहिलो संविधानसभाको बैठकले २०६५ साल जेठ १५ गते मुलुकबाट अढाई सय वर्षको इतिहास बोकेको राजतन्त्र सदाका लागि अन्त्य ग¥यो ।

यो घोषणासँगै राजा ज्ञानेन्द्रले राजाहरुको निवास अर्थात् नारायणहिटी दरवारबाट बिदा लिँदा एक दशक लामो माओवादी सशस्त्र हिंसाले शान्तिपूर्ण राजनीतिक मोड लिन पुग्यो ।यस अवधिमा दोस्रो संविधानसभाबाट मुलुकले नयाँ संविधान प्राप्त गरी कार्यान्वयन भइसकेको छ । स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन भएका छन् । नयाँ जनप्रतिनिधिले काम शुरु गरिसकेका छन् । तर, सत्य निरुपण तथा मेलमिलाप, वेपत्ता छानबिन आयोग गठन गरिए पनि त्यसको कामको प्रगति सन्तोषजनक छैन । यस अवधिमा जनताका राजनीतिक माग पूरा भए पनि ती जनतासँग जोडिएका जनजीविकाका मुद्दा भने अझै पनि आशातित प्रगति हुन सकेको छैन । राजनीतिक प्रणाली फेरिए पनि महँगी, अभाव, बेरोजगारी जस्ता मुद्दा जस्तातस्तै छन् ।
                                      स्रोतःइमेज खबर च्यानल

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्