ताजा खबर

सचिव कुट्ने मन्त्रीलाई कडा कारबाही गर्न कर्मचारी संघ–संगठनको माग

RadioTaplajung

पुस ३० गते । कर्मचारी संघ, संगठनहरुले प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गर्ने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवमाथि कडा कारबाही गर्न माग गर्दै सरकारलाई ज्ञापन–पत्र बुझाएका छन ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ज्ञापन–पत्र बुझाउँदै सचिव झामाथि कुटपिट गर्नेमाथि कडा कारबाही गर्न माग गरेका हुन ।

आइतबार मन्त्री यादवले सचिव झाललाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए । त्यो घटना निन्दनिय भएको उल्लेख गर्दै कर्मचारी संघ, संगठनहरुले त्यस सम्बन्धमा सत्यतथ्य छानबिन गर्न आफूहरुसहितको सहभागिता हुनेगरी एक उच्चस्तरीय छानबिन समिति गठन गर्न र दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका हुन ।

कर्मचारीको भावनामा आघात पुग्ने गरी घटना भएको उल्लेख गर्दै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्य समितिका उपाध्यक्ष भोलानाथ पोखरेलले दोषीमाथि कडा कारबाही गर्न र निर्दोषलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाइएको बताउनुभयो ।

कर्मचारीहरुमाथि पटक–पटक दुव्र्यवहार हुने गरेको भन्दै कर्मचारी संघ, संगठनहरुले त्यस्ता खालको क्रियाकलाप तत्काल नरोकिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन ।

उपाध्यक्ष पोखरेलले कार्य क्षेत्रमा कर्मचारीहरुको उचित सुरक्षाको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । यता, मन्त्री पण्डितले भने त्यो घटनामा गल्ती गर्नेमाथि कडा कारबाही गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले घटनाका सम्बन्धमा छानबिन गर्न प्रदेश २ को सरकारले छानबिन समिति गठन गरेको उल्लेख गर्दै प्रतिवेदन आएपछि दोषीमाथि कडा कारबाही गर्ने बताउनु भएको हो । मन्त्री यादवले मन्त्री, कर्मचारी जो भएपनि सरकारले गल्ती गर्नेलाई बाँकी नराख्ने पनि स्पष्ट पार्नुभयो ।

मन्त्री पण्डितले घटनापछि मन्त्री यादव र सचिव झाबाट आएको सार्वजनिक अभिव्यक्तिप्रति पनि आपत्ति जनाउनुभयो । उहाँले त्यो घटनाबाट उत्तेजित नहुन पनि कर्मचारीहरुलाई सचेत गराउनुभयो ।

त्यस अवसरमा मन्त्री पण्डितले कार्य क्षेत्रमा कर्मचारीहरुको सुरक्षा दिने कुरामा ढुक्क हुन पनि कर्मचारी संघ, संगठनका नेताहरुलाई आग्रह गर्नुभयो । प्रदेश २ का मन्त्री यादवले सचिव झालाई कुटपिट गरेको घटनाप्रति सर्वसाधारणले पनि आपत्ति जनाउँदै आएका छन । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्