ताजा खबर

अब ताप्लेजुङको पाथिभरा क्याम्पसमा स्नातकोत्तर पढाई हुने

RadioTaplajung

१ माघ,रेडियो ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा बहूमूखी क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सञ्चालन हुने भएको छ। त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्को पुष २० गतेको निर्णयले सेमेस्टर प्रणालीमा आधारित शिक्षाशास्त्र संकायमा एमएड कक्षा संञ्चालनका लागि स्वीकृति दिने निर्णय गरेको हो।

‘२० बुँदे सर्तसहितको स्वीकृतिपत्र आइतबार प्राप्त गरेका छौं,’ क्याम्पस सञ्चालक समितिका अध्यक्ष गजेन्द्र तुम्याहाङले भने, ‘एमएडमा नेपाली र इपीएम विशिष्टिकरण विषयहरू पढाउने अनुमतिदिइएको छ।’

यससँगै क्याम्पसले शिक्षाशास्त्र संकायमा स्नातकोत्तरका लागि भर्ना खुला गरेको छ। ‘सम्बन्धनको पत्र पाएकै दिन अध्यन गर्न इच्छुकका लागि सार्वजनिक सूचना मार्फत आवेदन समेत माग गरेकाछौं,’ क्याम्पस प्रमुख मोहनकुमार राईले भने, ‘माघ ३ गतेसम्म आवेदन फाराम बुझाउने अवधि तोकिएको छ।’ आवेदन शुल्क दुई हजार तोकिएको छ। प्रवेश परीक्षा माघ १९ गते हुने राईले जानकारी दिए।

स्नातकोत्तर तह सञ्चालनका लागि गत वर्ष क्याम्पसले महायज्ञ सञ्चालन गरेको थियो। उक्त महायज्ञमा १ करोड बढी रकम संकलन भएको थियो। दुर्गम भनेर चिनिएको जिल्लामा स्नातकोत्तर पढाई सुरु हुने भएसँगै जिल्लावासी खुसी भएका छन्।

‘उच्चतहको अध्यापन गरेर जिल्लामै शैक्षिक बजारमा आवश्यक दक्ष, योग्य र प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन गर्ने दुई वर्षदेखिको प्रयासले सार्थकता पाएको छ,’ अध्यक्ष तुम्याहाङले भने।

२०४७ सालमा स्थापना क्याम्पसले स्थापनाको २८ वर्षपछि स्नातकोत्तर तहको पढाई सुरु गर्ने अनुमति पाएको हो। जिल्लामा स्नातकोत्तर तह अध्यापन गराउने क्याम्पस नहुँदा विद्यार्थीले लाखौं खर्च गरेर बाहिर जानुपर्ने बाध्यता छ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक