ताजा खबर

हारेर पनि अन्तिम आठमा रियल मड्रिड

RadioTaplajung

माघ ३ गते । स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रेमा रियल मड्रिड अन्तिम आठमा प्रवेश गर्दा एट्लेटिको मड्रिड भने बाहिरिएको छ । बुधबार राति भएको खेलमा रियल मड्रिड दोस्रो लेगमा लेगानेससँग एक शून्यले पराजित भयो । तर पहिलो लेगमा हात पारेको तीन शून्य गोलको अग्रताका कारण उसले हारपछि पनि क्वार्टरफाइनलमा स्थान बनायो ।  समग्रमा रियल तीन एकको क्वार्टरफाइनलमा प्रवेश गर्‍यो । रियललाई हारको स्वाद चखाउन मार्टिन ब्रेथवेटले गोल गरेका थिए । अर्को खेलमा सेभियाले एट्लेटिको विल्बाओलाई समग्रमा तीन दुईले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गर्यो ।

दोस्रो लेगमा एक शून्यले पराजित भए पनि सेभियाले अन्तिम आठमा स्थान बनायो । जिरोनासँग प्रिक्वाटरफाइनलको दोस्रो लेगमा तीन–तीन खेलको बराबरी खेलेपछि एट्लेटिको मड्रिड अवे खेलमा पछि पर्दै प्रतियोगिताबाट बाहिरियो ।
खेलको १२ औं मिनेटमा निकोला केलिनिकको गोलमार्फत एट्लेटिकोले अग्रता बनाएको थियो । तर ३७ औं मिनेटमा भलेरी फर्नान्डेजले गोल गर्दै खेल एक–एकको बराबरीमा पुर्‍याए । त्यसपछि ५९ औं मिनेटमा क्रिस्टियन स्टुनीले गोल गर्दै जिरोनालाई दुई एकले अगाडि राखे । तर ६६ औं मिनेटमा एञ्जेल कोरीको गोलले एट्लेटिकोले खेल दुई–दुई को बराबरी गर्न सफल भयो । त्यसपछि एन्टोइन ग्रिजमनले गोल गर्दै फेरी एट्लेटिकोलाई अग्रता दिलाएका थिए । तर खेलको अन्तिम समयमा सिइडु डोउम्बियाले गोल गर्दा जिरोनाले क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो ।  -उज्यालो

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा