ताजा खबर

‘पिरतीको गाउँ’ मा अमृत, करुणा र उत्सवको रोमान्स

RadioTaplajung

माघ ३ गते । नेपाली चलचित्र ‘सय कडा दश’को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश‘पिरतीको गाउँ’बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

उक्त गीतमा स्वप्न सुमन र त्रिशाला गुरुङको स्वर  रहेको छ । गीतको शब्द रवि मल्लले लेखेका हुन् भने संगीत कल्याण सिंहले गरेका हुन्  ।
चलचित्रको उक्तगीतको भिडियो लाई दिलिप ओखेडाले कोरियोग्राफी गरेकाहुन् ।

यो गीतमा चलचित्रका मुख्य ३ कलाकार अमृत ढुंगाना, करुणा श्रेष्ठ र उत्सव न्यौपानेलाई फिचरिङ गरिएको छ ।

रामशरण पाठकको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा राज्जु प्रधानको कथा, रामेश्वर कार्कीको छायांकन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ ।

चलचित्रलाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, सन्जिव न्यौपानेले मिलेर बनाएका हुन् ।

चलचित्रमा राजाराम पौडेल तथा मनोज गजुरेलको मुख्य भूमिका छ । चलचित्र माघको १८ गतेबाट रिलिज हुँदैछ । -उज्यालो र गफगाफ डटकमको सहकार्य

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण