ताजा खबर

मोटरवाटोले जोडिदैं हिमाली जिल्ला ताप्लेजुङ

RadioTaplajung

आनन्द गौतम,ताप्लेजुङ  । भौगोलिक हिसावले देसकै तेश्रो ठुलो जिल्लाका दुई वटा वडा मात्रै अब मोटरेवल सडकले जोडीन बाँकी रहेको छ । यसै आर्थिक वर्षमा प्रत्येक वडामा सडक पुर्याउने पहल भएको छ । स्थानिय सरकारले यस्लाइ बिशेष जोड दिएका छनभने जलविद्युत आयोजनाले पनि योगदान पुर्याएका छन । ६१ वटा वडा रहेको जिल्लामा सडकनै नखनिएका वडा अव दुई वटा मात्रै छन । सिरिजंगा गाउँपालिका ६ मामांखे र मिक्वाखोला ५ पापुङमा एक मिटरपनि सडक खनिएको छैन । यी मध्येपनि मामांखे यसै आर्थिक वर्षमा सडकले जोडिंदै छ । यहा सडक पुर्याउन ४६ लाख रुपैंयामा ठेक्का लागेको छ । यसै आर्थिक वर्षमा वडाभरी पुर्याउने उद्धेष्य अनुरुप कामभइरहेको गाउपालिका अध्यक्ष टिका गुरुङले वताए । पापुङमा चाँही कहिले पुग्छ पत्तो छैन । पापुङ चीन र संखुवासभा जिल्लासग सिमाना जोडिएको वडा हो । बाँकि वडा सडकले छोएको छ ।
पापुङमा गाउ“पालिकाको केन्द्र साँवा हुँदै सडक जाने वडाध्यक्ष डण्डु शेर्पाले बताए । साँवाको थलङसम्म ट्रयाक पुगेको छ । वाड्नं ३ लिवाङ हुदै गाउपालिकाको केन्द्र जोड्न बजेट बिनियोजन गरिएको शेर्पाले वताए । मेवा डेभलर्पर हाइड्रो प्रालिले साँवाको थुङलुङवाट फुङफुङे झरनातर्फ सडक विस्तार गरिरहेको छ । यो आर्थिक बर्षमा पुर्याउने कम्पनिका सल्लाहकार डम्बरध्वज तुम्वाहाम्फे बताउछन । मेवा खोला र लंवा खोलामा अस्थायी पुलपनि हाइड्रो कम्पनिले वनाएको छ । होम पाइप राखेर बनाइएपछि अहिले यातायात सञ्चालन भइरहेको छ । यो आर्थिक वर्षमै वडामा सडक पुग्ने सम्भावनाभने कम रहेको डण्डु वताउछन । पापुङ तार्न फुङफुङेवाट ताङखु पुर्याउनुपर्छ । यो करिव पाच किलोमिटरदुरिमा छ ।
चीनसगै सिमाना जोडिएको फम्तालुङ गाउपालिका (७ ओलाङचुङगोलामापनि सडक खनिएको छ । गाउमा गाडिपनि पुगेको छ । तर सदरमुकाम फुङलिङसग सिदा जोडिनभने बाँकि रहेको छ । चीनको तिब्बतबाट सडक निर्माण गरेर वस्तिसम्म ल्याइएको हो । यहा जन्मेर देसविदेसमा रहेका आफैंले रकम संकलन गरेर २४ किलोमिटर सडक निर्माण गरेका छन । सदरमुकामवाट विस्तार भइरहेको सडकभने लेलेपको टासि गाउ पुगेको छ । ओलाङचुङगोला पुग्न अव ३८ किलोमिटर ट्रयाक खोल्न बाकि छ । काठमाण्डौको एलाइट जेभि निर्माण कम्पनिले विस्तारको काम गरिरहेको छ ।
भारतसग सिमाना जोडिएको सिरिजंगा गाउँपालिका ८ याम्फुदिनपनि सडकले छोएको छ । गाउँपालिका अध्यक्ष टिका गुरुङका अनुसार यो वडामा दुइ सय मिटर ट्रयाक ओपन भएको छ । गतवर्ष निर्माणको क्रममा पानीको मुल निस्किएर मेशिन भासिने भएपछि काम स्थगीत गरिएको थियो । वडाको केन्द्रमा जोडिन अव तीन किलोमिटरको हाराहारिमा बाकि रहेको छ । आगामी हिउँदे अधिबेसनबाट बजेट छुट्याएर जोड्ने योजनामा गाउँपालिका छ । मामांखेवाटपनि याम्फुदिन जोडिने भएकाले यसवर्षको वजेटमा मामांखेलाइ जोड दिइएको अध्यक्ष गुरुङले वताए । यहा कामगरिरहेका ठेकदार ओमप्रकास राइका अनुसार अव ३५ लाख जती बजेटभए खेवाङवाट याम्फुदिनको केन्द्र जोडिन्छ । यो सडक सदरमुकामसँग जोडिन्छ । सदरमुकामवाट पाथीभरा याङवरक १ सिनाम, सिरिजंगाको आम्वेगुदिन हुदै हप्पुखोलासम्म ठुलासाना गाडि चल्ने गरेको छ । वाड्नं ६ खेवाङसम् मभने ट्रयाक्टर चल्ने गरेको छ । कावेली नदीमा पुल नहुँदा साना गाडि चलाउन नसकिएको वडासदस्य उमेश गौतम बताउछन । सिरिजंगा जिल्लाकै सबैभन्दा बढी ८ वटा वडा रहेको गाउपालिका हो । यहा पुग्न सिदिङवा गाउँपालिकाको सुरुमखिम, मेहेले हुँदै सडक विस्तार गरिएको छ । पेदाङ मामांखेको सडक याम्फुदिनमा जोडिएपछि गाउँपालिकामा चक्रपथ बन्छ ।
भौगोलिक हिसावले जिल्लाको आधा बढी भूभाग ओगटेको फक्तालुङ गाउपालिकाले तमोर नदीको तीन स्थानमा काठेपुल बनाएर वाड्नं ७ ओलाङचुङगोला बाहेक प्रत्येक वडामा गाडि पुर्याएको छ । वाड्नं ५ तापेथोक र ६ लेलेप जोड्न रानी पुलछेउमा पुल बनाएर लेलेपमा गाडि पुर्याएको छ । गाउपालिकाको केन्द्र तापेथोक छेउबाट वाड्नं ४ इखावु जोड्ने पुल बनाएर इखावु पुर्याएको छभने वाड्नं ३ लिंखिम वाट २ खेजेनिम जोड्ने पुल बनाएर वाड्नं १ सावादिन र खेजेनिममा गाडि पुर्याएको छ ।
अर्को विकट मानिएको मिक्खाखोला गाउँपालिकामा सानिमा हाइड्रो पावर कम्पनिले फुङलिङ( १ र मिक्वाखोला १ खोक्लिङ जोड्ने होमपाइप राखेर गाडि आवत जावत गर्ने वनाएको छ । खोक्लिङको डाडा गाउँवाट अहिले यातायात चलिरहेको छ । भारतसग सिमाना जोडिएको पूर्वको सिदिङवा गाउ“पालिका १ कालिखोला र सादेवामा पाँचथरको याङवरक गाउँपालिका हुदै हिउदमा यातायात चल्ने गरेको छ । “कालिखोलाको तेम्बुवासम्म हिउदमा गाडी आउछ,” वडाध्यक्ष विजय चापागाइले भने, “बर्खामा मात्रै समस्या हो ।” इन्द्रवती खोलामा ढुङगा ओछ्याएर हिउँदमा गाडी तार्ने गरिएको चापागाइले जानकारी दिए । पूर्वका कालिखोला, सादेवा, सुरुमखिम, याम्फुदिन भारतसँग जोडिएका र उत्तरको ओलाङचुङ,पापुङ चीन सँग जोडिएका वडाका गाउ“ हुन ।
ताप्लेजुङ डोल्पा र हुम्लापछिको तेश्रो ठुलो जिल्ला हो । यहाँ एक नगरपालिका र आठ गाउँपालिका रहेको छ । सिदिङवा, सिरिजंगा, फक्तालुङ, मिक्वाखोला वाहेकका पाथीभरा याङवरक, आठराइ त्रिबेणी, मैवाखोला र मेरिङदेन गाउँपालिकका प्रत्येक वडामा सडक पुगेको छ । हिउँदयाममा अधिकांस वडाबाट यातायातका साधन चल्ने गरेको छ । बर्खामाभने सिरिजंगाको आम्वेगुदिन र सिंकैचा, फक्ताङलुङको तापेथोक, मेरिङदेनको दोभानमा मात्रै नियमित यातायात चल्छ ।

फोटो
ताप्लेजुङको फक्तालुङ गाउँपालिका ६ लेलेपमा निर्माणाधिन सडक । यो यही गाउपालिकाको वाड्नं ७ ओलाङचुङगोला तर्फ विस्तार भइरहेको छ । यो सडक ओलाङचुङपुग्दा जिल्लाका सबै स्थानिय तहका वडाहरु सडक सञ्जालले जोडिने छन । तस्विर :आनन्द गौतम

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक