ताजा खबर

फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु, १५ घाइते

SITENAME

फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु, १५ घाइते
 बैशाख ११ । क्यानडाको टोरन्टोमा पैदल यात्रुलाई लक्षित गर्दै फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु भएको छ ।

घटनामा १५ जना घाइते भएका छन् । संदिग्ध भ्यान चालक २५ वर्षीय अलिक मिनासायनलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

टोरन्टोको योङ स्ट्रिटमा भ्यान चालकले फुटपाथमा पैदल यात्रुहरुलाई लक्षित गरी भ्यान चलाएको बीबीसीले जनाएको छ । घटनापछि सो क्षेत्रमा केही समय मेट्रो सेवासमेत बन्द गरिएको थियो ।

यसैबीच क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोले घटनाको छानबिन भइरहेको र दोषीमाथि कडा कारबाही हुने जानकारी दिए ।

केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस
SITENAME

तालिबानको धम्कीपछि लिटिल मेसीुको परिवारले छोडे देश

तालिबानको धम्कीपछि लिटिल मेसीुको परिवारले छोडे देश  मंसिर २१ गते ।  तालिबानको चेतावनीका कारण अफगानिस्तानी लिटिल मेसीको परिवार फेरि देश छोड्नु

SITENAME

आइनस्टाइनले ईश्वर र धर्मका बारेमा लेखेको पत्र ३३ करोडमा बिक्यो

आइनस्टाइनले ईश्वर र धर्मका बारेमा लेखेको पत्र ३३ करोडमा बिक्यो  मंसिर २० गते । विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले ईश्वर तथा धर्मका

SITENAME

इन्डोनेसियाको पपुवामा निर्माण क्षेत्रमा संलग्न २४ मजदुरको गोली हानी हत्या

इन्डोनेसियाको पपुवामा निर्माण क्षेत्रमा संलग्न २४ मजदुरको गोली हानी हत्या मंसिर १९ गते । इन्डोनेसियाको पूर्व प्रान्त पपुवामा बन्दुकधारी गोली हानेर