ताजा खबर

‘नोटअफ डिसेन्ट’ लेख्ने व्यवस्था गर्न कांग्रेसका १५ नेताको प्रस्ताव

RadioTaplajung

 ‘नोटअफ डिसेन्ट’ लेख्ने व्यवस्था गर्न कांग्रेसका १५ नेताको प्रस्ताव
 बैशाख १२ गते । नेपाली कांग्रेसका १५ केन्द्रीय सदस्यहरुले कार्यसमिति बैठकको निर्णय पुस्तिकामा ‘नोटअफ डिसेन्ट’ लेख्ने व्यवस्था मिलाउन प्रस्ताव गरेका छन्।

मंगलबार उनीहरुले चुनावी समिक्षाका लागि चलिरहेको केन्द्रीय कार्यसमितिमा निर्णयार्थ पेश गर्न भन्दै उक्त प्रस्ताव सभापति देउवालाई बुझाएको नेता नविन्द्रराज जोशीले बताए।

‘सबै सदस्यहरुले निर्णय सुन्ने, त्यसपछि मात्र पुस्तिकामा लेख्ने र बल्लहस्ताक्षर गर्ने साथै सो निर्णयमा कुनै पदाधिकारी वा सदस्यको असहमती छ भने आफ्नो असहमती ९नोट अफ डिसेन्ट० लेख्न सक्ने व्यवस्था मिलाउनको लागि आदरणीय सभापतिज्यू मार्फत यस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव प्रस्तुत गर्दछौं,’ उनिहरुको प्रस्तावमा उल्लेख छ।

रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलापक्षका १५ जना केन्द्रीय सदस्यले ९ वटा प्रस्ताव सभापति देउवासमक्ष पेश गरेका हुन्। उनीहरुले बुझाएको प्रस्तावमा विधान विपरितको कार्यसम्पादन समिति, संसदीय समिति विघटन गर्नुपर्ने उल्लेख छ।

त्यस्तै, एकमहिना भित्रै महासमिति बैठक बोलाउने प्रस्ताव पनि उनीहरूले गरेका छन्।

गएको निर्वाचनमा उमेदवार चयनका लागि बनाएको संसदीय समिति विघटन गरेर नयाँ संसदीय समिति बनाउने, केन्द्रिय निर्वाचन समिति गठन गर्ने, संघीयता अनुसार कांग्रेसको सांगठनिक संरचना बनाउनका लागि विधान मस्यौदा समिति गठन गर्ने, बैशाख महिना भित्रै उक्त संरचना कस्तो हुने भन्ने सुझाव दिन जिल्लासभापतिहरुको डाक्ने,कांग्रेस संगठनकका सबै तहको भूमिका शसक्त बनाउन प्रशिक्षण कार्यक्रम संचालनको कार्यतालिका निर्माण गर्ने र देश(विदेशका नेपालीहरुसँग संवाद र सहकार्य जारी राख्न ‘आम नेपालीसंग–नेपाली काँग्रेस अभियान’ संचालन गर्ने प्रस्ताव उनीहरुको छ।

उक्त प्रस्ताव देउवालाई बुझाउने केन्द्रिय सदस्यहरु नविन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, रत्न शेरचन, गगन थापा, कल्याण गुरुङ, प्रदीप पौडेल लगायत छन् ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्