ताजा खबर

गोरे ग्याङद्वारा ३८ क्वीन्टल सुन तस्करी ! ६३ जनाविरुद्ध मुद्दा दर्ता

१९ वैशाख, काठमाडौं । सरकारी छानविन समितिले चुडामणि उप्रेती ‘गोरे’ समूहले चार वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ ।साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याबारे छानविन गर्न समिति बनेको थियो ।

गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको समितिको अध्ययनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको अभियोगमा पूर्व डीआईजी, बहालवाला एसएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ लाई मुख्य अभियुक्त बनाइएको छ । गोरेको नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल अर्थात ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुनको अवैध कारोबार गरेको दाबी छ ।

मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको विगो दाबी गरिएको छ ।

बिहीबारदेखि बयान

मुद्दामा अभिुयक्त बनाइएकाहरु मध्ये ७ प्रहरी अधिकारीसहित २९ जना पक्राउ परेका छन् । प्रतिवादी बनाइएका मध्ये मुख्य नाइके गोरे, एसएसपी श्याम खत्रीसहित ३४ फरार छन् ।

मुद्दामा बिहीबारदेखि अभियुक्तहरुको बयान सुरु हुनेछ । स्रोतः : onlinekhabar

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले