ताजा खबर

दिल्लीका गल्ली–गल्लीमा मोदीको पोस्टर, यसकारण भनियो उनलाई ‘द लाई लामा’

RadioTaplajung

दिल्लीका गल्ली–गल्लीमा मोदीको पोस्टर, यसकारण भनियो उनलाई ‘द लाई लामा’
 वैशाख २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला नेपाल भ्रमणमा छन् तर उनकै देशको राजधानी नयाँ दिल्लीमा उनलाई ‘द लाई लामा’ भन्दै गल्ली गल्लीमा पोस्टर टाँसिएको छ ।

निर्वासित तिब्बती धार्मिक नेता दलाई लामासँग मिल्दोजुल्दो गरी मोदीको पोस्टरमा ‘द लाई लामा’ नाम राखिए पनि निर्वासित तिब्बती नेता लामासँग मोदीको तस्वीरसहितको पोस्टरको सम्बन्ध छैन । मोदीलाई ‘द लाई लामा’ भनेर पोस्टरमा लेखिनुको अर्थ बेग्लै छ ।

मोदीले बारम्बार झुट बोल्दै आएको भन्दै विरोधीहरुले उनलाई ‘झुठ बोल्ने नेता’ भन्दै आएका छन् । सोही अर्थमा उनलाई अंग्रेजी भाषामा नामाकरण गरी ‘द लाई’ भनिएको हो ।

प्रहरीले नयाँ दिल्लीका विभिन्न गल्लीबाट त्यस्ता पोस्टर निकालेको छ । पोस्टर कसले टाँसेको हो भन्ने प्रष्ट नभएको प्रहरीको भनाइ छ ।

पोस्टर कहाँ प्रकाशन भएको हो भन्ने पनि प्रष्ट भइसकेको छैन । प्रहरीले अज्ञात व्यक्तिहरुको नाममा उजुरी दायर गरी आवश्यक अनुसन्धान तथा कारवाही सुरु गरेको बताइएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल