ताजा खबर

राउटेहरु स्वास्थ्य संस्था नआउने, स्वास्थ्यकर्मी बिरामी भएका ठाउँ नजाने

RadioTaplajung

राउटेहरु स्वास्थ्य संस्था नआउने, स्वास्थ्यकर्मी बिरामी भएका ठाउँ नजाने
दैलेख, जेठ २  ।  फिरन्ते जीवन बिताउँदै आएका बिरामी राउटेहरुको उपचारमा समस्या पैदा भएको छ ।

राउटेहरु आफै स्वास्थ्य संस्थामा जाने बानी नबसेको र स्वास्थ्यकर्मीहरुले औषधि तथा जनशक्तिको अभावमा राउटे बस्तीमा जान नसकेको कारण उपचारमा समस्या भएको हो ।

 

अहिले डुंगेश्वर गाउँपालिका–६, बिउराखेत नजिक जंगलमा बस्दै आएका राउटे समुदायका २२ वर्षका खगेन्द्रबहादुर शाहीलाई काठको काम गर्दा बन्चरोले दाहिने खुट्टाको चार वटा औंला काटिएको, ५३ वर्षका भक्तबहादुर शाहीको जउि सुन्निएर र ५५ वर्षीय जंगबहादुर शाहीलाई कडा ज्वरो आएर थलिएका छन् ।

राउटेहरु बिरामी परेको जानकारी गराउँदा पनि डाँडापराजुल स्वास्थ्य चौकीले सुनुवाइ नगरेको राउटे उत्थान  प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले गुनासो गरिन् ।

यसबारे स्वास्थ्य चौकी इञ्चार्ज रामप्रसाद न्यौपानेको ध्यानाकर्षण गराउँदा राउटेहरु बिरामी परेको जानकारी पाएको तर जनशक्तिको अभावमा त्यहाँ स्वास्थ्यकर्मी पठाउन नसकेको प्रतिक्रिया दिए । उनले बिरामी राउटेलाई स्वास्थ्य संस्थामा ल्याइदिए उपचार गर्न तयार रहेको बताए ।

हरेक २–३ महिनामा बस्ती सार्दै हिँड्ने राउटेहरु कर्णाली प्रदेशका सल्यान, सुर्खेत र दैलेखमा बस्ती सार्दै हिड्ने गर्छन् । पानीको प्रयाप्तता, काठका सामग्री बनाउने वनजंगलको उपलब्धता र मौसमी अनुकूलता भएको कारण राउटेहरु बढी समय दैलेखमा बस्न रुचाउँछन् । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

एमाले अध्यक्ष थेवेको आइसियुमा उपचार हुँदै 

ताप्लेजुङ – आश्विन १७ गते । आनन्द गौतम नेकपा एमाले जिल्ला कमिटि ताप्लेजुङका अध्यक्ष एबं संविधान सभा सदस्य भुपेन्द्र थेवे अस्पताल भर्ना भएका छन ।

RadioTaplajung

२२ महिने शिशुको हर्नियाको शल्यक्रिया गरियो

  पाँचथर ।   पाँचथरमा पहिलो पटक एक शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिका ७ का २२ महिने शिशुको जिल्ला सदरमुकाम

RadioTaplajung

डेंगु परीक्षण गर्ने किट सरकारसँग छैन,संक्रमण उच्च जोखिममा 

काठमाडौं,असोज ५ गते । नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिँदा सरकारसँग भने अहिले डेंगु परीक्षण गर्ने किट सकिन लागेको छ।  स्वास्थ्य तथा