ताजा खबर

मकालु एयरको जहाज दुर्घटना, दुबै चालकको मृत्यु

RadioTaplajung

मकालु एयरको जहाज दुर्घटना, दुबै चालकको मृत्यु
जेठ २ गते । बिहानैदेखि बेपत्ता मकालु एयरको विमान बाहुनखर्कमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालकदलका दुवै सदस्यको मृत्यु भएको बताइएको छ । पहिला क्याप्टेनको शव फेला परेको थियो भने कोपाइलटको शव भने घटनास्थलबाट केही पर फेला परेको थियो ।
दुर्घटनाग्रस्त विमान हुम्लाको खार्पुनाथगाउँपालिका २ मा रहेको रायागाउँको चरन क्षेत्र बाहुनखर्कमा १२ हजार ८ सय फिटको उचाईमा तीन टुक्रा भएको अवस्थामा फेला परेको छ । उद्धारमा सिमिकोटबाट उडेको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो । दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेका छन् । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीकाअनुसार अहिले उक्त ठाउँमा हेलिकोप्टर पुगेर उद्धार गरी सकेको छ ।
मकालु एयरको नाइन एन अल्फा जुलेट युनिफर्म ९एजेयु० कलसाइन रहेको विमान चालक किरण भट्टराई, सहचालक आदित्य नेपालीले उडाएको सुर्खेत विमानस्थल कार्यालयले जनाएको छ । विमान ११ सय ७० किलो कार्गो सामान लिएर सुर्खेतबाट सिमिकोटकालागि उडेको थियो । विमान यस अघि बाजुरामा भेटिएको अपुष्ट खबर आएको भएतापनि हुम्लाको चरन क्षेत्रमा भेटिएको हो । मकालु एयरको विमानले सुर्खेतदेखी हुम्लाको सिमिकोट विमानस्थलमा नियमित कार्गो सेवा दिईरहेको थियो । मकालु एयरले ३ वटा एकल ईन्जिन जहाजले सुर्खेत र नेपालगञ्जबाट उडान गर्ने गरेको थियो । सुर्खेतबाट बुधबार विहान ६ बजेर १० मिनेट जाँदा उडेको मकालु ईयरको अल्फा जुलेट ट्याँगो र अल्फा जुलेट युनिफर्म भएको भएतापनि ट्याँगो मात्र सिमिकोट आईपुगेको मकालु एयरका स्टेशन म्यानेजर लोकेन्द्र रोकायाले जानकारी दिए । विहान मौसममा केही खराबी आएको कारण चालकदलले खराब भिजिविलिटीको कारण दुर्घटनाभएको हुन सक्ने आँकलन रोकायाको रहेको छ ।
मृतक चालकदलका दुवै जनाको शवलाई सवा ११ बजे सुर्खेत पठाईएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुँगानाले जानकारी दिए । उद्धारमा खबर पाउने वित्तिकै २ वटा माउण्टेन एयरको हेलिकोप्टर पठाईएको र दलमा प्रहरी, नेपाली सेना र चिकित्सकको टोली पठाईएको समेत ढुँगानाले बताए । विहान मौसम खराबको कारण जहाजले उड्ने रुट हराएको, उत्तरको दिशामा जहाज उड्नु पर्नेमा पश्चिम दक्षिणतिर जाँदा अग्लो पहाडमा ठोकिँदा जहाज दुर्घटना भएको प्रारम्भिक अनुमान भएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुँगानाले बताए ।
जहाजको रुट मने लेक सबै भन्दा उचाईमा रहेको भएतापनि करिव उस्तै उचाई भएको पहाडमा ठोक्किएर दुर्घटना भएको हो । हुम्लाको रुटमा मने लेक सबैभन्दा बढी उचाईमा भएको हुनाले जहाजको हरेक यात्रा मने लेक पार गरे पछि सहज हुने अनुमान सबैको रहेको हुन्छ । जहाज दुर्घटना भएको स्थलबाट ३ मिनेटको समयावधीमा सिमिकोट अवतरण गर्न सक्थ्यो । स्रोतः कारोबार दैनिक

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले