भारतद्वारा विवादास्पद भूमि कास्मिरमा एकतर्फी युद्धविरामको घोषणा

SITENAME

भारतद्वारा विवादास्पद भूमि कास्मिरमा एकतर्फी युद्धविरामको घोषणा
 जेठ ३ । भारत सरकारले विवादास्पद भूमि कास्मिरमा एकतर्फी युद्धविराम घोषणा गरेको छ ।

काठमाडौं, जेठ ३ । भारत सरकारले विवादास्पद भूमि कास्मिरमा एकतर्फी युद्धविराम घोषणा गरेको छ ।

मुस्लिम समुदायको एक महिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतले घोषणा गरेको हो ।

केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले केन्द्रीय सरकारले रमजान अवधिभर जम्मु र कास्मिरमा कुनै सैन्य कारबाही नगर्न निर्देशन दिएको ट्वीटमार्फत् जानकारी दिएका छन् ।

उनले यो निर्णयले शान्तिपूर्ण वातावरणमा रमजान पर्व मनाउन त्यस क्षेत्रका मुस्लिम समुदायलाई सघाउ पु¥याउने विश्वास लिइएको बताएका छन् ।

सरकारको तर्फबाट भएको युद्धविरामप्रति सरोकारवालाहरूबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको सिंहले उल्लेख गरेका छन् ।

भारत नियन्त्रित कास्मिरका मुख्य मन्त्री मेहबुब मुफतीले केन्द्रीय सरकारको निर्णयको स्वागत गरेका छन् ।

यस्तो निर्णयले वार्ताको वातावरण बनेर दीर्घकालीन शान्ति स्थापनाका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।

कास्मिरमा सन् १९८९ देखि भारत र पाकिस्तानबीच बीच संघर्ष भइरहेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस
SITENAME

चीनले कृत्रिम सूर्य बनाउँदै ! १० करोड डिग्रीको तापक्रममा काम गर्न सक्ने

२०७५ कार्तिक २८ बुधबार/एजेन्सी । विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रान्ति हासिल गर्ने होडमा चीनले केही समय अगाडि मात्र आफ्नै ‘कृत्रिम चन्द्रमा’

SITENAME

आईभीएफबाट जन्मिएका थिए ओबामाकी दुई छोरी

आईभीएफबाट जन्मिएका थिए ओबामाकी दुई छोरी कार्तिक २५ गते । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामाले भनेकी छन् कि २० वर्ष पहिले उनी

SITENAME

साउदीले यमनमा अमेरिकी बम प्रयोग गर्नै जानेन :-ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा हमला गर्दा साउदीले अमेरिकी बम प्रयोग गर्नै नजानेको उल्लेख गरेका छन् । आइतबार एक अन्तर्वाताका