ताजा खबर

नेपाली चिया निकासीमा भारतको अवरोध, परीक्षणका नाममा सास्ती

RadioTaplajung

नेपाली चिया निकासीमा भारतको अवरोध, परीक्षणका नाममा सास्ती
 जेठ ४ । तयारी चिया बिक्रीको सिजन शुरु हुनासाथ भारतले प्रत्येक लटको चियाको नमूना सेन्टर फुड ल्याबमा परीक्षण गराउनु पर्ने प्रावधान बनाएपछि नेपालको चिया काँकरभिट्टा भन्सारमा थन्किएको छ ।

इलाम, जेठ ४ । तयारी चिया बिक्रीको सिजन शुरु हुनासाथ भारतले प्रत्येक लटको चियाको नमूना सेन्टर फुड ल्याबमा परीक्षण गराउनु पर्ने प्रावधान बनाएपछि नेपालको चिया काँकरभिट्टा भन्सारमा थन्किएको छ ।

सीमापारी पुगेको चिया पनि त्यतै रोकिएको छ । एक पटक परीक्षण गरेपछि ६ महिनासम्म त्यही प्रमाण पत्रले काम दिने प्रावधान परिवर्तन गरेर भारतीय पक्षले प्रत्येक लटमा प्रमाण मागेपछि चिया निकासीमा अवरोध भएको हो ।

प्रत्येक लटमा चिया परीक्षण गर्नुपरेमा भन्सारमा कम्तिमा पनि १५ दिन चिया थुप्रिने चिया तथा कफी विकास बोर्डका प्रशासकीय अधिकृत देउकुमार सिगुले जानकारी दिए ।

एक पटक नमूना परीक्षण गराउन कम्तिमा १५ दिन लाग्ने भएकाले व्यवसायीहरु मारमा पर्ने गरेका छन् ।

नेपालको चिया भारतबाहेक १८ भन्दा बढी देशमा पुग्ने गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । नेपालको करीब ८५ प्रतिशत चिया भारत जाने गरेको छ ।

अग्र्यानिक चियाको प्रमाणीकरणमा एउटा कारखानाले दश लाखसम्म खर्च गर्नुपर्ने भएकाले साना उद्योगले अग्र्यानिक उत्पादन गर्न सकेका छैनन् ।

भारतको सेन्टर फुड ल्याब खाद्य सामग्री जाँच गर्ने निकाय हो । यसको प्रमाणपत्र लिन एक लाख २४ हजार नेपाली रुपयाँ लाग्ने गरेको उद्यमी बताउँछन् ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार नेपालबाट आर्थिक बर्ष ०७२÷७३ मा १ लाख १८ हजार ४४९ किलो ग्रिन टी, १ लाख ३ हजार ३० किलो फर्मेन्टेड नगरेको ब्ल्याक टी र १ करोड २७ लाख ५० हजार ५७ किलो फर्मेन्टेड गरेको चिया भारत निकासी भएको थियो । स्रोतः इमेज च्यानल

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,