ताजा खबर

नगरपालिकाले भत्कायो सार्वजनिक जग्गाका टहरा 

 

जेष्ठ ५, दमक — झापाको दमक नगरपालिकाले सार्वजनिक जग्गामा बनेका घर–टहरा भत्काएको छ । दमक–७ स्थित बजार क्षेत्रको सार्वजनिक जग्गामा बसोबास गर्दै आएका दुई दर्जन परिवारका घर टहरा भत्काएको हो । शनिबार बिहान ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर नगरपालिकाले घर टहरा भत्काउन सुरु गरेको थियो ।

 

दुई वटा जेसीबी लगाएर घर टहरा भत्काएको हो । सुनचाँदी लाइनको रुपमा चिनिएको उक्त स्थानको ११ कट्ठा सार्वजनिक जग्गा नगरपालिकाले आफ्नो नाममा दर्ता रहेको दाबी गर्दै आएको छ ।

 

उक्त स्थानमा अत्याधुनिक सपिङ कम्प्लेक्स निर्माण गर्न लागेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालु बर्षको बजेटबाट सपिङ कम्प्लेक्स निर्माणका लागि ११ करोड ५० लाख रुपैयाँ विनियोजन समेत गरेको जनाएको छ ।

 

नगरपालिकाले उक्त स्थानमा ०३५ सालमा ३५ वटा टहरा बनाएर पसलका लागि भाडामा लगाएको थियो । अहिले ५७ टहरा बनेका छन् । नगरभित्रको सार्वजनिक जग्गामा रहेको बसोबास हटाउने बारे नगरपालिकाले ०७१ माघ २१ गते सर्वपक्षीय छलफलमार्फत निर्णय गरेको थियो । नगरपालिकाले पटक पटक जानकारी गर्दा समेत खाली नगराएपछि आफैले भत्काउनु परेको नगरपालिकाका मेयर रोमनाथ ओलीले बताए ।

कान्तिपुरबाट

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले