ताजा खबर

नेपाल सुरक्षित रहेको भन्दै साइकलमार्फत् २० देशकाे भ्रमण

 

नेपाल सुरक्षित रहेको भन्दै साइकलमार्फत् २० देशकाे भ्रमण

 

काठमाडौं- जेठ ५। भूकम्पपछिको नेपाल सुरक्षित भएको सन्देश दिँदै तीन नेपाली साइकल यात्रीले विश्वका २० मुलुकको भ्रमण गरेका छन् । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति भएको सन्देश दिँदै काठमाडौँका २२ वर्षीय अनिश ढकाल र दिलीप क्षत्री तथा पोखराका ४२ वर्षीय निर्मल बरालले २० देशको भ्रमण गरेका हुन् । 

बुद्धको देश नेपालको झण्डा, बुद्धको झण्डा लिएर यात्रामा निस्केका तीन यात्रीले नेपालका विभिन्न भाग, भारत, बंगलादेश, श्रीलङ्का, म्यानमार, थाइल्याण्ड, लाओस्, कम्बोडिया, ब्रुनाई, सिंगापुर, मलेसिया, ताइवान, दक्षिण कोरिया, इजरायल, चिली, अर्जेन्टिना, बोलिभिया, ब्राजिल र अमेरिकाको भ्रमण गरेका हुन् । 

साइकल यात्रीले आज पत्रकार सम्मेलन गरी नेपाललाई विश्वमाझ चिनाउन आफूहरु साइकल यात्रामा निस्केको जानकारी दिएका हुन् । 

पत्रकार सम्मेलनमा विश्व साइकल यात्रीका संयोजक अनिश ढकालले सन् २०१६ डिसेम्बरमा पोखराबाट विश्व साइकल यात्रा पूरा गरेको जानकारी दिए। 'साइकल यात्री डा अमृत बराल र अजित बरालको प्रेरणाबाट हामीहरु यात्रामा निस्केका हौं,' उनले भने।

जान चाहेको ठाउँमा भिसा लाग्ने समस्या हुने गरेको बताउँदै उनले आगामी दुई महिनाबाट युरोपका १२ देशको भ्रमण गर्न लागेको बताए। पाँच वर्षमा विश्वका सबै महादेशको भ्रमण गर्ने आफूहरुको सोच रहेको उनले जानकारी दिए। 

कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले नेपालको बारेमा साइकल यात्रामार्फत विश्वलाई चिनाउन सफल भएको भन्दै आगामी दिनमा पर्यटन बोर्डले गर्ने सहयोग गर्न तयार रहेको बताए। 'यात्रीले यात्रालाई औचित्यपूर्ण बनाउन विदेशी पर्यटकलाई नेपालमा भ्रमण गर्ने वातावरण सिर्जना गर्नुपर्छ,' उनले भने।  

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका पूर्व सदस्य राजेन्द्रप्रसाद सापकोटाले बुद्धको जन्मस्थानदेखि सगरमाथासम्मलाई विश्वमाझ चिनाउन यात्रीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले विश्वका १४ अग्ला हिमालमध्ये आठ हिमाल नेपालमा भएको भन्दै उक्त हिमाललाई विश्वमाझ चिनाउन जरुरी रहेको बताए। 

नेपाल एशोसिएसन टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)का प्रथम उपाध्यक्ष अच्युत गुरागार्इंले विभिन्न देशमा यात्राका लागि जाँदा त्यहाँको दूतावाससँग समन्वय गरेर अगाडि बढ्दा यात्रा सार्थक हुने बताए। 

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, टानका पूर्व महासचिव सागर पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, पर्यटन व्यवसायी राजन सिंखडालगायतले साइकल यात्राले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुगेको बताए।

नागरिकबाट

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,