ताजा खबर

राजकुमार ह्यारी र कलाकार मेगनको विवाह आज

 

जेष्ठ ५, २०७५ । बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच आज विवाह हुँदैछ । लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिम विन्डजरमा एक भब्य समारोहका बीच ह्यारी र मेगन विवाह बन्धनमा बाधिन लागेका हुन् । ५ लाख पाउण्ड खर्च हुने अनुमान गरिएको विवाह समारोहमा ६ सय पाहुनालाई निम्तो दिईएको छ । बेलायतको सेन्ट जर्ज च्यापलमा आयोजना हुने विवाह समारोहको झलकका लागी विन्जरका सडकमा सर्वसाधारणको भिड लागेको बीबीसीले जनाएको छ । तेत्तीस वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कल सन् २०१६ को जुलाई महिनादेखि प्रेमसम्बन्धमा थिए ।  विवाह समारोहमा कुनै पनि राजनीतिक ब्यक्तिलाई निम्तो दिईएको छैन । बेलायती शाही नियम विपरितकी मेगन अफ्रिकी अमेरिकी मुलकी महिलाकी छोरी हुन् भने क्याथलिक ईसाई समेत हुन् । पहिलो विवाहबाट सम्बन्ध विच्छेद गरेकि मेगनलाई बेलायती शाही परिवारको आधुनिक बुहारी भनिएको छ । 

रेडियो कान्तिपुरबाट

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल