ताजा खबर

ट्रम्प क्यानडाबाटै सिंगापुर जाने

RadioTaplajung

ट्रम्प क्यानडाबाटै सिंगापुर जाने
जेठ २५ गते । अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानडाबाट सीधै सिंगापुर जाने बिहीबार ‘ह्वाइटहाउस’ले जानकारी दिएको छ ।

क्यानडामा हुन गइरहेको जी–७ को सम्मेलनमा भाग लिनका लागि क्यानडा जान लागेका राष्ट्रपति ट्रम्प सीधै त्यहाँबाट सिंगापुर जान लागेका हुन् ।

उत्तर कोरियाली नेता किम जोङ उनसँग अर्को हप्ताको मंगलबार हुने शिखर वार्ताका लागि उनी क्यानडाबाट सीधै सिंगापुरतर्फ जान लागेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जानकारी दिएका छन् ।

ह्वाइटहाउसका प्रवक्ता सरह सनडेर्सकाअनुसार क्यानडामा हुने जी–७ को सम्मेलनको लागि शनिबार मध्याह्नअगावै राष्ट्रपति ट्रम्प त्यसतर्फ प्रस्थान गर्नेछन् ।

ह्वाइटहाउसले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी गराइएको छ । क्यानडाको क्युबिकमा आइतबार जी–७ को बैठकमा उनी सहभागी हुनेछन् ।

ट्रम्प र किमबीच सिंगापुरको सेन्तोसा द्वीपमा अवस्थित कापेला होटेलमा स्थानीय समयानुसार मंगलबार बिहान ९ बजे भेटवार्ता हुने समयतालिका दिइएको छ ।

सिंगापुरमा कति दिनका लागि बस्ने भन्नेबारेमा भने सो विज्ञिप्तमा केही खुलाइएको छैन ।

राष्ट्रपति ट्रम्पले पनि त्यहाँ बस्ने समय कुनै निश्चित नभएको बिहीबार बिहान सन्चारमाध्यमलाई बताएका छन् ।

उनले संवाददाताहरुसँग भने–‘एकरदुई वा तीन जति दिन पनि हुनसक्छ । तर, त्यो त्यहाँ पुगेपछिमात्र थाहा हुन्छ ।’

उक्त वार्ताको तयारी पूरा भएको संयुक्तराज्य अमेरिका र उत्तर कोरियाले जानकारी दिएका छन् । ती देशका अधिकारीहरुले सो वार्ताका लागि आफूहरुले अन्तिम तयार गरेको जनाएका हुन् ।

यसैबीच, संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आमन्त्रणमा जापानी प्रधानमन्त्री सिन्जो आबेले बिहीबारमात्र अमेरिकाको भ्रमण गरेका छन् ।

उक्त शिखर वार्ताको ६ दिनमात्रअघि यसरी उत्तर कोरियाको छिमेकी राष्ट्रकारुपमा रहेको जापानका प्रधानमन्त्री आबेले अमेरिकाको भ्रमण गरी राष्ट्रपति ट्रम्पसँग सोही वार्ताकै विषयमा आवश्यक छलफल गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच जुन १२ मा सिंगापुरमा उच्चस्तरीय वार्ता हुन लागेको छ ।

अहिले पनि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीच समय–समयमा द्विपक्षीय भेटवार्ताहरु जारी नै रहेका छन् ।

त्यसैगरी, अमेरिकी राष्ट्रपटि ट्रम्पले पनि विभिन्न देशका सरकार प्रमुखहरुसँग फोनवार्ता गरेका छन् ।

ती वार्ताहरुमा आगामी शिखर वार्ताकाबारेमा अमेरिकाले विभिन्न देशको धारणा बुझ्ने काम गरेको पनि बताइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले महिना दिनयता यो दोस्रोपटक उक्त वार्ताकाबारेमा जापानी प्रधानमन्त्रीसँग कुराकानी गरेको बताइएको छ ।

उक्त वार्तालाई उत्तर, दक्षिण कोरिया र अमेरिकामात्र नभएर विश्वले नै बडो चासोपूर्णरुपमा हेरेको छ । यसले विश्वको राजनीतिमा नै प्रभाव पार्ने भएकाले पनि यसरी हेरिएको हो ।

उता, अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफ्ना अनेकौं ट्वीटहरुमा उक्त वार्तालाई एक अभूतपूर्व बैठक भन्ने गरेका छन् ।

उक्त वार्ताका लागि अमेरिका र उत्तर कोरिया पनि निकै सकारात्मक देखिएका छन् ।

अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता यसरी यी दुई देशको इतिहासमा नै पहिलोपटक वार्तामा बस्न लागेका हुन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले यस शिखर वार्ताअघि नै चीनका राष्ट्रपतिलाई दुई महिनायता दुईपटकसम्म भेट गरेका छन् ।

त्यस्तै, राष्ट्रपति ट्रम्पले पनि समय–समयमा दक्षिण कोरियाली राष्ट्रपतिसँग पनि फोन वा भेटवार्ता गरिरहेका छन् । राससरसिन्ह्वा

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल