ताजा खबर

विश्वकप फुटबल: रसियासँग साउदी अरेविया ५-० ले पराजित

RadioTaplajung

विश्वकप फुटबल: रसियासँग साउदी अरेविया ५-० ले पराजित
असार १ गते । विश्वकप फुटबलमा आयोजक राष्ट्रको सफल सुरुआतलाई निरन्तरता दिँदै रुसले फिफा विश्वकप २०१८ को उद्घाटन खेलमा  साउदी अरेबियालाई ५-० ले पराजित गरेको छ ।
राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा रुसले १२ औं मिनेटमा अग्रता लियो । युरी गाजिन्सकीले एलेक्जेन्डर गोलोभिनको क्रसको सदुपयोग गर्दै हेडर गोलमार्फत घरेलु टोलीलाई अगाडि बढाएका थिए ।

पहिलो हाफको अन्त्यतिर डेनिस चेरेसेभले रुसको अग्रता दोब्बर पारे । वैकल्पिक खेलाडीको रुपमा मैदान पसेका चेरेसेभले डिफेन्सलाई पेनाल्टी क्षेत्रभित्र छलाउँदै उत्कृष्ट गोल गरेका थिए । २३ औं मिनेटमा एलन जागोएभको तिघ्रामा चोट लागेपछि उनी मैदान प्रवेश गरेका थिए ।

दोस्रो हाफमा पनि रुसले पहिलो हाफको लयलाई कायम राख्दै साउदीमाथि दबाब कायम राख्यो । रुसको अग्रता बढाउन फेरिपनि अर्का वैकल्पिक खेलाडीले गोल गरे । फरवार्ड आर्टेम ज्युबाले मैदान प्रवेश गरेको ८९ सेकेन्डमै गोल गरे । युवा गोलोभिनकै क्रसमा उनले हेडर गोल गरेका थिए । दोस्रो हाफको इन्ज्युरी समयमा चेरेसेभले रसियाको लागि चौथो गोल गर्दा गोलोभिनले उत्कृष्ट प्रदर्शनको अन्त्य गोलसँगै गरे । गोलोभिनले पेनाल्टी क्षेत्रको ठीक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरेका थिए ।

त्यसअघि रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले औपचारिक रुपमा विश्वकपको उद्घाटन गरेका थिए । उनले खेल सुरु हुनुअघि बोल्दै रुसले विश्व खेलकुदकै प्रतिष्ठित प्रतियोगिता आयोजना गर्न पाउँदा खुसी व्यक्त गरे । हाम्रो देशमा फुटबल प्रख्यात मात्र नभएर सुन्दर खेलको रुपका लिइन्छ । यहाँका मानिसले फुटबललाई साँच्चै नै माया गर्छन् । खेलप्रतिको मायाले विश्वलाई एकत्रित बनाएको छ, उनले भने । ८० हजार दर्शक क्षमताको लुझ्निकी रंगशालामा ब्रिटिस पप गायक रोबी विलियम्सले आफ्नो प्रस्तुति पनि दिएका थिए ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा