ताजा खबर

अन्तिम समयको गोलले उरुग्वे विजयी

RadioTaplajung

१ असार, काठमाडौं । विश्वकप फुटवलको समूह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १-० ले हराएको छ । दोस्रो हाफमा आक्रामक बनेको खेलमा ८९ औँ मिनेटमा जस गिमिनेजले गोल गर्दै उरुग्वेलाई निराश हुनबाट जोगाए । मोहम्मद सलाहबिना मैदान उत्रिएको इजिप्टले सम्झनलायक खेल खेल्यो । अन्तिम समयसम्म उरुग्वेलाई रोक्दा इजिप्टको डिफेन्स लाइन बलियो देखिएको थियो ।

दोस्रो हाफमा उरुग्वेले गरेको केही उत्कृष्ट प्रहारहरु गोलमा परिणत हुन सकेन । स्टार खेलाडीहरु काभानी र स्वारेजले पहिलो हाफमा कमजोर खेल खेले पनि दोस्रो हाफ राम्रो रहृयो ।

इजिप्टले पाएका केही अवसर सदुपयोग गर्न सकेन । सन् १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको अफ्रिकन टोली इजिप्टले उरुग्वेसँग प्रतिस्पर्धात्मक खेल खेल्यो ।

च्याम्पियन्स लिगको फाइनलमा घाइते भएर मैदान छाडेका सलाह अहिले फिट रहेको र पहिलो खेलमै मैदान प्रवेश गर्ने सम्भावना बलियो रहेको प्रशिक्षक हेक्टर कुपरले बताए पनि उनलाई खेलाइएन ।

उरुग्वेले गरेका १५ प्रहारमा ४ प्रहार मात्र इजिप्टको पोस्टमा गयो । इजिप्टले गरेका ८ प्रहार मध्ये ३ मात्र पोस्टको दिशामा थियो । खेलमा उरुग्वेले पाँच कर्नर पाउँदा इजिप्टले एउटै कर्नरको अवसर पाएन ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा