ताजा खबर

युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया

RadioTaplajung

युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया

 असार ५ गते । उत्तर र दक्षिण कोरियाले विगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् ।

यसै वर्षको अन्त्यतिर युद्ध अन्त्यको घोषणा गर्ने दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिएका छन् । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो ।

दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

उनले उक्त घोषणा कहिले र कसरी गरिँदैछ भन्नेबारेमा भने केही भनेनन् । तर पनि यस वर्षको अन्त्यतिर करिब ६५ वर्ष पुरानो दुई कोरियाबीचको युद्ध औपचारिकरुपमा अन्त्य भएको घोषणा गरिने जानकारी उनले दिए ।

यस विषयमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाली नेता किम जोङ उन सहमत भइसकेको जानकारी यसअघि नै दिइएको थियो ।

उनीहरुबीच गत अप्रिल २७ मा पानुमजोममा भएको ऐतिहासिक बैठकमा सो विषयमा सहमति भएको बताइएको थियो ।

गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक भेटवार्ता भएको थियो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच भएको सो भेटवार्तापछि जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच शिखर वार्ताको वातावरण बनेको थियो ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल