ताजा खबर

इङ्ल्याण्डको कठिन जित,बेल्जियसँग पानामा पराजित,भिएआरको सहयोग स्विडन विजयी

RadioTaplajung

 इङ्ल्याण्डको कठिन जित,बेल्जियसँग पानामा पराजित,भिएआरको सहयोग स्विडन विजयी

असार ५ गते । रुसमा जारी विश्वकप फुटबलमा इङ्ल्यान्डले विजयी सुरुवात गरेको छ । सोमबार राति सम्पन्न समूह जी को खेलमा इङ्ल्यान्डले ट्युनिसियालाई २–१ ले पराजित गरेको हो । भोल्गोग्राद एरिनामा भएको खेलको ११ औं मिनेटमा ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिए । ३५ औं मिनेटमा ट्युनिसयाले पेनाल्टी हान्ने अवसर पायो । यही अवसरलाई फेर्जानी सासीले गोलमा बदलेपछि खेल १–१ गोलको बराबरीसम्म पुग्यो । ईन्जुरी समयमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्यान्डको जित पक्का गरे । सन् २००६ को विश्वकप फुटबलपछि इङ्यान्डले कुनै पनि मुख्य प्रतियोगिताको पहिलो खेलमा जित हात पारेको यो पहिलो अवसर हो ।
 यसैबिच
 स्विडेनले विजयी सुरवात गरेको छ ।  एसियाली प्रतिद्वन्द्वी दक्षिण कोरियालाई १–० गोलअन्तरले हरायो ।
 खेलको ६५औं मिनेटमा पाएको पेनाल्टीलाई स्वडेनका डिफेण्डर आन्द्रेस ग्रान्भिस्टले गोलमा परिणत गरेका थिए । त्यही गोलले स्वीडेन विजयी भयो । ६२औं मिनेटमा कोरियाली डिफेण्डर किम मिन वोले स्वीडेनका भिक्टर क्लेसोनलाई डिबक्सभित्र फल गरेको भिडियो असिस्टेन्ट रेफ्रीबाट प्रमाणित भएपछि स्वीडेनले पेनाल्टीको अवसर पाएको हो । विश्वकपमा यसै संस्करणबाट भीएआर तथा गोल लाइन टेक्नोलोजीको प्रयोग भएको हो ।

यसअघि फ्रान्स र अष्ट्रेलियाबीचको खेलमा भीएआर तथा गोल लाइन टेक्नोलोजीको प्रयोग भएको थियो ।
 
युरोपियन टोली स्वडेनले खेलमा सन् २००२ को सेमिफाइनलिष्ट कोरियालाई दवावमा राखेको थियो । स्विडेनविरुद्ध कोरियाले एउटै पनि राम्रो आक्रमण बुन्न नसक्दा पराजित हुनपुग्यो । दक्षिण कोरिया र स्विडेन विश्वकपमा पहिलो पटक भिडेका थिए ।
 
अर्को खेलमा नवप्रवेशी टोली पानामाविरुद्ध ३–० को जित निकाल्दै बेल्जियमले रुस विश्वकपमा सुखद सुरुआत गरेको छ । यद्यपि पानामासँगको पहिलो हाफ बेल्जियमलाई हम्मेहम्मे परेको थिए । पहिलो हाफ पानामाले बेल्जियमलाई बराबरीमा रोकेको थियो । स्टार खेलाडीले भरिएको बेल्जियमविरुद्ध पानामा सुरुवातमा केही दबाबमा देखिए पनि केही समयपछि सन्तुलित रुपमा प्रस्तुत भएको थियो ।
 

६० प्रतिशत बल पोसेसन बनाएको बेल्जियमले जम्मा नौ सट प्रहार गर्दा तीन सट पोष्टमा थियो । तर पनि गोल गर्न सकेन । यता पानामाले राम्रो प्रहार गर्न नसके पनि डिफेन्स लाइन निकै मजबुत देखियो ।
 
४–१–४–१ को फर्मेसनमा उत्रिएको पानामाबिरुद्ध पहिलो हाफमा रोमेलु लुकाकु र इडेन हाजार्डले एक–एक अवसर गुमाएका थिए । तर दोस्रो हाफको सुरुमा नै बेल्जियमले खेलमा अग्रता बनायो । उसका लागि मार्टिनेसले उत्कृष्ट गोल गरेका थिए । त्यसपछि बेल्जियमले ६९ औ मिनेटमा अग्रता २–० मा पुर्यायो । उसका लागि रोमेलु लुकाकुले गोल गरे ।
 पहिलो हाफको तुलनामा दोस्रो हाफमा कमजोर पानामा विरुद्द बेल्जियमले ७४ औ मिनेटमा तेस्रो गोल गर्यो । यसपटक इडेन हाजार्डको पासमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरे ।
 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा