ताजा खबर

पोल्याण्डलाई २–१ ले हराउँदै विश्वकपमा सेनेगलको शानदार सुरुवात

RadioTaplajung

पोल्याण्डलाई २–१ ले हराउँदै विश्वकपमा सेनेगलको शानदार सुरुवात
असार ६ गते । विश्वकप फुटबलको समूह एचको खेलमा सेनेगलले पोल्याण्डलाई हराउँदै विश्वकपमा शानदार सुरुवात गरेको छ । विश्वकपको समूह एच अन्तर्गत रुसको भोल्कोभ एरेनामा मंगलबार राति भएको खेलमा सेनेगलले पोल्याण्डलाई २–१ गोलले हरायो पहिलो हाफको ३७ औं मिनेटमा पोल्याण्डका सिओनिकको आत्मघाती गोलमार्फत सेनेगलले अग्रता लिएको थियो । सेनेगलका स्ट्राइकरको प्रहार क्लियर गर्न लाग्दा उनले बललाई आफ्नै पोष्टको दिशा दिएका थिए ।
 
पहिलो हाफमा १ गोलको अग्रता बनाएको सेनेगलले दोस्रो हाफमा अग्रता बढायो । ६०औं मिनेटमा एमबाये नियांगले शानदार गोल गरेका थिए ।
 
खेलको नियमित समय सकिनु ४ मिनेटअघि पोल्याण्डका जर्ज क्रिचोइकले एक गोल फर्काए पनि ढिला भइसकेको थियो । सेनेगल पहिलो पटक सन् २००२ मा विश्वकप खेलेको थियो । डेब्यू खेलमै क्वार्टरफाइनलसम्मको यात्रा गरेको सेनेगल त्यसयताका ३ वटा संस्करणमा भने छनौट नै हुन सकेको थिएन ।

जितसँगै समूह एचबाट जापान र सेनेगल विजयी हुँदा कोलम्बिया र पोल्याण्डले जितका लागि अर्को खेल कुर्नुपर्ने भएको छ । यससँगै विश्वकप समूह चरणको पहिलो चरणका खेलहरु सकिएका छन् ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा