ताजा खबर

छोराको शव कोशीमा बगाउँदै गरेको तस्वीरले जित्यो फोटो अफ द इयरको उपाधि

RadioTaplajung

छोराको शव कोशीमा बगाउँदै गरेको तस्वीरले जित्यो फोटो अफ द इयरको उपाधि
असार २१ गते । आइएमई-ग्लोबल-आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाँउमा खिचेको बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउदै गरेको फोटो यो वर्षको आइएमई(ग्लोबल(आइएमई फोटो अफ द इयर घोषित भएको छ ।

यो उपाधिसँगै उनले १ लाख रुपैयाँ पुरस्कार पाएका छन् । यसैगरी दीपेन्द्र रोक्काको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल र आइएमएस डेली लाइफ’ विधामा सुनिता डंगोलले बाजी मारे । त्यस्तै अंगद ढकालले अर्घाखाची सिमेन्ट न्युज विधाको उपाधि जिते भने नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्रीले तथा ३भहउभचष्भलअभल्भउब िकल्चर एण्ड टुरिजममा किरण श्रेष्ठले जिते । त्यस्तै डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतिक रायमाझीले जिते भने नेप्टोस फोटो स्टोरीमा मनिष पौडेलको फोटो प्रथम भयो । हरेक विधामा पहिलो हुने फाटोले ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १० हजारु रुपैयाँ पुरस्कार पाएका छन् ।
स्रोतः अनलाइन खबर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले