देशभर मनसुनी प्रभाव, मध्य र पश्चिममा ठूलो वर्षा हुने

SITENAME

देशभर मनसुनी प्रभाव, मध्य र पश्चिममा ठूलो वर्षा हुने
 असार २६ गते । आज पनि  देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज मध्य र पश्चिमको एक दुई ठाउँमा भने ठूलो पानी पर्ने संभावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

शाखाका मौसमविद् वरुण पौडेलका अनुसार मनसुन सक्रिय भएकाले आज हिजो अस्तिको भन्दा धेरै पानी पर्नेछ । मनसुन सक्रिय भएकाले अस्तिदेखि नै केहीबेर रोकिँदै पानी परिरहेको छ । मौसम एकैछिन खुलेपनि फेरि बदली भइ पानी पर्ने उहाँको अनुमान छ ।

सामान्यतया मनसुनमा बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भइ बेलुकीदेखि पानी पर्ने उहाँको भनाई छ । यस्तै नजिकै पानी पर्दा अर्को ठाउँमा नपरेको पनि छ । गएको २४ घण्टामा लुम्लेमा १ सय ९ दशमलव ८ मिलिमिटर पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज दोलखा, सिन्धुपाल्चोक, रसूवा, धादिङ, गोरखा, लम्जुङ, तनहुँ, कास्की, दैलेख, डोटी र डडेलधुरा हुँदै बग्ने खोला र नदीमा ठूलो बाढी आउँने संभावना भएकाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । यसैगरी भिरालो जमिन र यसअघि पहिरो गएको ठाउँमा पनि सावधानी अपनाउन शाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या

बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या असोज २८ गते । बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिमौनगढ नगरपालिका-३ नयका टोल निवासी धनेश्वर राय

SITENAME

गूर्जा हिमालमा बेपत्ता ९ जनाकै शव भेटियो, सङ्कलन गरिएको शवलाई काठमाडौं लैजाने तयारी

गूर्जा हिमालमा बेपत्ता ९ जनाकै शव भेटियो, सङ्कलन गरिएको शवलाई काठमाडौं लैजाने तयारी  असोज २८ गते । म्याग्दी – पश्चिम म्याग्दीको धौलागिरी

SITENAME

अपडेट:जीप दुर्घटनाका दुई घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

अपडेट:जीप दुर्घटनाका दुई घाइतेलाई  हेलिकप्टरबाट काठमाडौं लगियो  असोज २३ गते । बझाङ – जीप दुर्घटनामा परि घाइते भएका दुई जनालाई सिम्रिक एयरको