ताजा खबर

रियल मड्रिड छोडेर युभेन्ट्स भित्रिए क्रिस्टियानो रोनाल्डो

RadioTaplajung

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो इटालियन च्याम्पिन युभेन्ट्समा आवद्ध भएका छन् । रियल मड्रिडमा रहँदा कर विवादले पिरोलेपछि रोनाल्डो युभेन्ट्स सरेका हुन् । 

पाँच पटकका विश्व वर्ष खेलाडी ३३ वर्षीय रोनाल्डोका लागि युभेन्ट्सले १०५ मिलियन पाउन्ड खर्चेको हो । रियल मड्रिड पनि रोनाल्डोलार्इ यो रकममा बेच्न तयार भएपछि युभेन्ट्सका अध्यक्ष एन्ड्रिया एग्नेली मंगलबार इटालीबाट ग्रिसको कालामाटा पुगेर रोनाल्डोलार्इ भित्र्याउने सहमतिमा हस्ताक्षर गरेका थिए । 

स्कार्इ स्पोर्ट्सका अनुसार अध्यक्ष एन्ड्रियाले ग्रिसमै रोनाल्डोसँग युभेन्ट्स सर्ने कुराको टुंगो लगाएका हुन् । रोनाल्डोलार्इ युभेन्ट्समा बेचेको कुराको पुष्टि रियल मड्रिडले पनि पुष्टि गरेको छ। रोनाल्डोले युभेन्ट्ससँग ४ वर्षको सम्झौता गरेका छन् । 

रोनाल्डो युभेन्ट्स जाने कुराको टुंगो मंगलबार बिहान उनका एजेन्ट जोर्गे मेन्डेसले युभेन्ट्स र रियल मड्रिडका अधिकारीसँग गरेका थिए । रोनाल्डोले सर्ने सहमति गरेपछि अर्को साता मेडिकलका लागि उनी युभेन्ट्स पुग्नेछन् । 

युभेन्ट्सका अध्यक्ष एन्ड्रिया सवार जहाज ग्रिसको कालामाटा विमानस्थलमा अवतरण भएको जहाजको भिडियो पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । त्यसपछि उनी हेलिकोप्टर चढेर रोनाल्डो बसेको होटेलमा अवतरण गरेर रोनाल्डोलार्इ क्लबमा भित्र्याउने सहमति गरेको समाचार स्कार्इ स्पोर्ट्सले प्रकाशित गरेको छ । 

रोनाल्डोले ९ सिजन स्पेनिस क्लब रियल मड्रिडमा बिताएका थिए । उनी विश्वकीर्तिमानी ८० मिलियन पाउन्ड रकममा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिडमा पुगेका थिए । उनले रियल मड्रिडमा रहँदा कीर्तिमानी ४५१ गोल पनि गरेका छन् । 

पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डोले सान्टियागो बर्नाबाउमा रहँदा रियल मड्रिडलार्इ २ सिजन ला लिगा उपाधि, दुर्इवटा कोपा डेल रे र चारवटा च्याम्पिन्स लिगको उपाधि जिताइसकेका छन् । 

स्कार्इ स्पोर्ट्सका स्पेनिस फुटबल विज्ञ ग्युइलेम बेलगले बताए अनुसार रियल मड्रिडले उनलार्इ बेच्न तयार भएपछि युरोपियन च्याम्पिन्सबाट युभेन्ट्समा सर्ने कुरामा उनी कन्भिन्स भएका थिए । 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा