ताजा खबर

घरवाटो सिफारिस अव ताप्लेजुङ भरिनै अनिवार्य

 

 

आनन्द गौतम/ताप्लेजुङ – जिल्ला मालपोत कार्यालयले घर जग्गा रजिष्टे«शन गर्दा वडा कार्यालयको शिफारिस अनिवार्य गरेको छ । आगामी आर्थीक बर्षको साउन १ गतेदेखिनै लागु हुनेगरी यस्तो निर्णय गरिएको हो । कार्यालय प्रमुख किशोर अधिकारीका अनुसार असार २७ गते बसेको घरजग्गा न्यूनतम मुल्यांकन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यो नियम फुङलिङ नगरपालिकामा मात्रै रहेको थीयो । अवभने जिल्लाभरीनै लागुहुने भएको छ । यो निर्णयले वडा तथा गाउपालिकाको राजश्व बृद्धि हुनेभएको छ । मालपोत कार्यालयका नायव सुब्बा युवराज पौडेलका अनुसार यस्ले जग्गामा कस्तो बाटो छ भनेर खुल्ने छ । बाटो नभएपनि रजिष्टे«शन भने नरोकिने उनले बताए । मोटरवाटोले छोएको भए मोटरवाटो, गोरेटो भए गोरेटोबाटो र दुवै नभए कृषियोग्य भनेर खुलाउनु पर्नेछ ।

यो निर्णयले किसानका सबै किक्तामा कुनै न कुनै किसिमको बाटो पुर्याउन मद्धत पुग्ने फुङलिङ नगरपालिका ३ का वडाध्यक्ष युवराज बराल वताउछन । गाउँपालिका तथा नगरपालिकाले घरबाटो सिफारिस गर्दा जग्गा रहेको क्षेत्र, बाटोको नाम र क्षेत्राधिकार तथा घरको प्रकार उल्लेख गर्नुपर्ने छ । जग्गा आवासीय, कृषियोग्य, अलैची खेती वा ससिम कस्तो हो सिफारिसमा जनाउनुपर्ने कार्यालय प्रमुख अधिकारीले बताए । मुल्याङ्कन कितावमा कुनै किक्ता छुटेको भए आसपासको किक्ता सरह सिफारिस गर्नपनि कार्यालयले वडा कार्यालयलाइ अनुरोध गरेको छ । मालपोतले जग्गा मुल्याङ्कन अन्तर्गत प्रत्येक बाटोको दायाँ–बायाँका ३०–३० मिटर सम्मको जग्गाको मुल्याङ्कन सोही मोटर बाटो सरह कायम गर्ने निर्णयपनि गरेको छ । त्योभन्दा बाहिरको भने खेत तथा पाखो महल अनुसारनै कायम गर्ने निर्णय गरेको छ ।

मेची राजमार्गमा जोडिएको जग्गाको हकमा भने अधिकार प्राप्त निकायबाट तोकिएको मापदण्ड अनुसार लगकट्टा गरी लिखत गर्ने निर्णय समितिले गरेको छ । यसअघि फुङलिङ नगरपालिकाले तोक्मेदेखि उकालीपानीको पाथीभरा आधारभुत बिद्यालय हुँदै सेते चौतारो सम्मको सडक घुमाउने निर्णय गरेको थीयो । स्थानिय सरकारको निर्णय मात्रे की केन्द्रिय सरकारको मात्रे अन्योलमा रहेको मालपोतले सडक कार्यालयमा सोद्ने र उस्ले दिएको निर्णय अनुसार काम गर्ने योजना बनाएको हो । मालपोतले जिल्लाका गाउपालिका केन्द्रको जग्गाको मूल्यांकनपनि बृद्धि गरेको छ ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक