ताजा खबर

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

RadioTaplajung

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित
असार ३२ गते । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले अवरोध गरेसँगै सोमबार दिउँसो १ बजे सुरु भएको संघीय संसदको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पाखरेलले ‘चिकित्सा शिक्षा विधेयक २०७५’ पेश गर्ने भएसँगै कांग्रेसका सांसदले त्यसको विरोध गरेका हुन्।

बैठकको प्रारम्भ भएसँगै सभामुखसँग विशेष समय माग गरेरे बोल्दै कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले सरकारले माथेमा प्रतिवेदनकै आधारमा विधेयक ल्याउन माग गरेका थिए। यस्तै उनले डा। गोविन्द केसीसँग तत्काल वार्ता गरेर उनको जीवनरक्षा गर्न पनि सरकारसँग माग गरेका थिए।

सभामुख कृष्णबहादुर महराले कांग्रेसका सांसदलाई पटकपटक आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए। यस्तै कांग्रेसका सांसदहरु उभिएकै समयमा सभामुखसँग समय लिएर बोलेका नेकपाका सांसद कृष्णभक्त पोखरेल तथा खगराज अधिकारीले कांग्रेसको रवैया संसदीय मान्यता विपरित रहेको बताएका थिए। उनीहरुले कांग्रेसका सांसद उभिँदैमा संसद बैठक स्थगित नगर्न माग गरेका थिए। स्रोतःई कान्तिपुर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्