ताजा खबर

मन्त्री लालबाबु भन्छन्ःआलु ब्यापारी छन्, जल्ले जाँड ख्वाइदिन्छ, लेख्छन् !

RadioTaplajung

मन्त्री लालबाबु भन्छन्ःआलु ब्यापारी छन्, जल्ले जाँड ख्वाइदिन्छ, लेख्छन् !
साउन १४ गते ।  अघिल्लो कार्यकालमा डीभीरपीआरवाला कर्मचारीहरुमाथि डण्डा चलाएर वाहीवाही कमाएका मन्त्री लालबाबु पण्डित अहिले मिडियाको नजरमा खासै परेका छैनन् । लोकप्रिय नेताको छवि बनाएका पण्डितले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालिरहेका छन् । मन्त्री पण्डित सुरुमा कर्मचारीमाथि कडारुपमा प्रस्तुत भएका थिए । अहिले उनी खासै कडारुपमा प्रस्तुत भइरहेका छैनन् । सामाजिक सञ्जालहरुमा पनि मन्त्री पण्डितले आफ्नो लोकप्रिय छवि बचाउन नसकेको फाट्टफुट्ट चर्चा हुन थालेको छ ।

यसै सन्दर्भमा हामीले मन्त्री पण्डितलाई सोध्यौं

तपाईले जनताको अपेक्षाअनुरुप प्रभावकारी ढंगले काम गर्न नसकेको गुनासो आउन थालेको छ नि ?

के काम गर्नु रु जे जिम्मेवारी छ, त्यही न गर्नु । नयाँ-नयाँ कुराहरु, अहिले सबैभन्दा ठूलो व्यवस्थापनको काम हो कि होइन रु संघीयतामा अब संघीय मन्त्रालयले झण्डै(झण्डै सवा लाख कर्मचारी अनि ३७ हजार जनप्रतिनिधिको व्यवस्थापन भनेर त्यसमा पनि ३ तहको व्यवस्थापन त्यत्तिकै भएको छ ?

मैले प्रशासनिक अन्तरिम काल असार मसान्तभित्र सक्छु भनेको थिएँ, अस्ति सकियो । संरचना जम्मै तयार भइसक्यो । दिनका दिन हेर्नुहुन्छ नि । कति सय मान्छे मैले पठाइराखेको छु सरुवा गरेर हँ रु त्यो त चर्चा हुँदैन । कल्ले जाँड खुवाइदिन्छ, लेख्देऊ लेख्देऊ भनेर । कसलाई कहाँ चित्त बुझेको हुँदैन, खटाएको ठाउँमा ।

सरकारी कर्मचारी खटाएको ठाउँमा जान नपाए, काठमाडौंमै स्वादले बस्न पाए रमाउँथे होला नि । त्यसकारण यसमा केही कुरा छैन । अलिअलि खेती भएन भने पत्रिका पनि बिक्दैन, अलिअलि खेती भएन भने अनलाइन पनि चल्दैन । अलिअलि नेगेटिभ(नेगेटिभ स्वाद लिऔं भनेर कतिपय मिडियाहरु हुन्छन् । मैले देख्छु कि कहिलेकाँहि ।

अब, राष्ट्रिय चर्चित मिडिया एउटा कुरा हो । जिम्मेवार मिडिया अर्को कुरा हो । नभए अहिले त कतिपय चाहिँ आलु ब्यापारीले पनि अनलाइन खोल्या छ । मेरो चुनावकै बेलामा देख्नुभएन रु लालबाबु पण्डित जेलमा भनेर । न्युजचाहिँ हुनुपर्ने लालु यादवको, स्वाद लिनको निम्ति लालबाबु पण्डितको फोटो राखेर जेलमा भनेर आयो । यस्ता खालका गैरजिम्मेवार मिडिया जो हुन्छन् नि, त्यस्ता गैरजिम्मेवार मिडियाले लेख्छन् । प्रतिपक्षका पनि छँदैछन्, त्यसले सोसियल मिडियामा सेयर गर्‍या छ, गर्‍या छ । नक्कली फेक नामले सेयर गरेकोले के अर्थ राख्छ र रु केही अर्थ राख्दैन ।

तर, यिनै मिडियाले तपाईलाई एक समय व्यापक समर्थन गरेका हैनन् र रु आशा गरिएका नेता भन्दै चुनावका बेलामा तपाईलाई मिडियाले ठूलो साथ दिएको थियो । अहिले तिनै मिडियालाई गाली गर्न मिल्छ ?

मैले गाली गरेको छैन । मैले भनें नि, केहीकेही । मैले आमरुपमा भन्या छैन । मैले नि के भन्या हुँ भन्दाखेरि केहीकेही मिडियामा थोरैले खेती गर्‍या छन् । सयमा सय प्रतिशत त सन्तुष्ट हुँदैन । यो व्यवस्थापन सजिलो काम होइन ।

पहिला पनि देख्नुभो, मेरो एजेण्डाको पक्षमा कोही पनि थिएनन् । पछि फेरि सबैलाई ल्याएँ । अहिले सबैभन्दा बढी संघीयता व्यवस्थापन गर्ने चिन्ता कसैलाई छ भने त्यो मलाई नै छ । यो त कम्प्युटरमा क्लिक गरेजस्तो सजिलो त हुँदैन ।

मानवीय व्यवस्थापनको कुरा तपाईले संसारभरिकै हेर्नुभयो भने कति लाग्या छ रु नेपालजस्तो देशमा हामी कति फास्ट गर्दैछौं रु जहाँ कि अहिले पनि थुप्रै ऐन कानूनहरु बनाउन बाँकी छन् । बन्ने क्रममा छन् । हाम्रो देशमा प्रतिपक्ष कस्तो छ, त्यो पनि बुझिहाल्नुहुन्छ । यो सबै भएकाले गर्दा पाइला फुकीफुकी चाल्नुपर्ने स्थिति छ । तर, मैले चालेको कुन पाइला खराब छ रु मलाई बताइदिनुपर्‍यो । बताइदिनुपर्‍यो नि यो पाइला तपाईको गलत छ भनेर ।

जस्तो,तपाईले सुरुमा स्वेच्छिक अवकाशको विषयलाई लिएर कर्मचारीहरुलाई अलि बढी नै गाली गर्नुभयो भनेर आलोचना भएको थियो‘।

पोलिसीको सत्य कुरा मैले राखिनँ भने कसले राख्छ ?

तर, तपाईबारे ट्रेड युनियनकै नेताहरुले प्रधानमन्त्रीसँग पुगेर तपाईको अभिव्यक्तिप्रति गुनासो त गरे नि हैन र र?

अनि, प्रधानमन्त्रीज्यूले मन्त्रीको अडान गलत हो र तिमीहरुले लिएको अडान ठीक हो भनेर भन्नुभयो रु संसदीय प्रणालीमा प्रधानमन्त्रीको भन्दा फरक अडानमा कोही मन्त्री जान सक्छ रु सक्दैन नि ।

प्रधानमन्त्रीज्यूले सम्बन्धित मन्त्रालयका बारेमा बोल्दा त पहिले मन्त्रीले नै बोल्नुपर्छ । मन्त्रीले प्रधानमन्त्रीसँग समन्वय गरेर बोलेको हुन्छ । समन्वय गरेर बोलेन भने त मन्त्री त्यही दिन सकिन्छ नि होइन ?

तपाईलाई ‘जनताको नेता’ भनेर चर्चा हुने गरेको थियो । यो ५ महिनामा तपाई आफैंचाहिँ सरकारको कामगराइबाट सन्तुष्ट हुनुहुन्छ ?

जुनबेलामा भुइँचालो आयो, त्योबेला सरकारको मूल्यांकन हुन्छ कि व्यवस्थापनको काम सकिइसकेपछि सरकारको मूल्यांकन हुन्छ रु अहिले सरकारले विभिन्न सेक्टरबाट काम गरिराखेको छ । अपराध के गर्‍यो रु योचाहिँ आउनुपर्‍यो नि ।

ईच्छापूर्ण हुने गरी काम भयो त म भन्दिनँ । काम भइराखेको छ । ऐन कानून बनाउन लागिराखेका छौं । अहिले धेरै काम त हामीले क्राइसिस म्यानेजमेन्टको फर्मूला अनुसार न गरिराखेका हौं । यो पाटोलाई तपाईहरुले हेर्दिनुपर्ने हुन्छ ।

उसोभए तपाईका शुभचिन्तकहरुले लालबाबु पण्डितको जनपक्षीय छविमा कुनै कमी आउँदैन भनेर ढुक्क भए हुन्छ ?

के कारणले कमी आयो ?

देखिएकै छ नि, कर्मचारी संयन्त्रमा घुसखोरी रोकिएको छैन । जस्तो मालपोतमा‘। सरकारी अड्डा अदालतमा‘।

अनि मालपोत कन्ट्रोल गर्ने मेरो जिम्मा हो रु मैले तपाईलाई सोधें( मालपोतमा कर्मचारीले घुस खायो भने कर्मचारीलाई कारवाही गर्ने अधिकार कल्लाई छ ?

यसो भन्न त मिलेन नि मन्त्रीज्यू, सरकारको समग्र कुरा गर्दा कर्मचारीतन्त्रको नेता त तपाई नै हो नि । कर्मचारीतन्त्रको जिम्मा तपाईमाथि छ‘

मैले गलत गर्ने कर्मचारीको संरक्षण गरेँ भनें न तपाईले मलाई दोष दिन सक्नुहुन्छ । गलतलाई गलतै म भन्छु ।

तर, तपाईले टेलिभिजनका कतिपय अन्तरवार्तामा सरकारले के काम गर्‍यो भनेर सोध्दा ‘सुन तस्करलाई पक्रेको देख्नुहुन्न रु’ भन्नुहुन्थ्यो । सुन तस्कर पक्रने पनि त गृहमन्त्रालय हो, तपाई त होइन‘।

हैन, सिंगो सरकारको भन्नुपर्दा त्यो मैले भनेको हो । सिंगो सरकारको भन्नुपर्दाखेरि त्यही हो ।

हो, हामीले पनि भ्रष्टाचार नियन्त्रणबारे सोधेको‘।

अहिले नै भनौं न, अख्तियारले कतिपय केसमा पक्रिएको छ । त्यसलाई हामी ठीक भन्छौं कि गलत भन्छौं रु अन द स्पट पक्रिनु त ठीक हो । तर, त्यसको जायज(नाजायज कुराको फैसला त कानूनीरुपमा पछि हुन्छ । तर, पक्रिनु त ठीक हो नि । गलत काम गरेवापत पक्रिएको हो । मैले भनेको त बुझ्नुभयो नि ।

अर्को कुरा के हो भने सिंगो सरकारको सन्दर्भमा सोध्दा एउटा पार्ट आउँछ । एउटा मन्त्री सरकारप्रति पनि जिम्मेवार र जवाफदेही हुन्छ । तर, के हो भने ऊ जहाँको कार्यकारी हो, त्यहाँप्रति बढी जिम्मेवार हुन्छ ।

तपाईले आफ्नो मन्त्रालयमा चाहिँ यसवीचमा केके काम गर्नुभयो त ?

तपाई हेर्नुहोस्, म आउँदाखेरि झण्डै झण्डै ५० प्रतिशतको हाराहारीमा कर्मचारीहरु काममा गएका थिएनन् । अहिले केहीकेही, ०।५ प्रतिशत अलमल होला, नभए सय प्रतिशत खटाएको छु । सय प्रतिशतमा प्रशासकीय प्रमुखहरु पठाइसकेको छु ।

तर, यो वीचमा नयाँ संरचना बन्यो । नयाँ संरचना बन्नासाथ अहिले यो महिनाभित्र नयाँ अफिसहरु खुल्ने छन् र अफिसहरु समायोजन हुँदैछन् । मेरो कुरा बुझ्नु भो नि तपाईले ?

शुरुमा तपाईले कर्मचारीहरुलाई जसरी स्वेच्छिक अवकाशमा नजाओ भन्नुभयो, त्यसमा पनि सफल हुनुभएकोे हो ?

ट्रेड युनियन काज थियो, मैले शतप्रतिशत हटाइदिएँ । मैले टे्रेड युनियन गतिविधि अफिस टाइममा हुँदैन भनेर शतप्रतिशत हटाइदिएँ । यसलाई तपाईहरु पोजेटिभ लिनुहुन्छ कि लिनुहुन्न ?

केही केही काजमा गएका मान्छे रिसाए भने‘त्यो त सयमा सय प्रतिशत धानखेतमा फलेको धान त भकारीमा आउँदैन । मिलमा गएको धानको चामल सयमा सय प्रतिशत घरमा आउँदैन । पकाइसकेको भात पनि सयमा सय प्रतिशत मुखमा पुग्दैन ।

यीबाहेक मन्त्रीज्युले गरेका अरु काम के के हुन् ?

संघीय निजामति सेवा ऐन अगाडि बढाइसकेको छु । जहाँनेर जनप्रतिनिधिहरुले अलिकति मिच्न थाले भन्ने लाग्यो भने मैले कन्ट्रोल गरेकै छु । धेरै विदेश घुम्नेहरुलाई पनि कन्ट्रोल गरेकै छु । अब एकै रातमा त सबै कुरा त हुँदैन नि ।

उसोभए प्रधानमन्त्रीबाट ‘रेड कार्ड’ पाउने कुनै खतरा छैन ?

यो जम्मै एक जनाले कुन मुडमा लेखेको हो । तिनै पत्रपत्रिकामा हैन, मेरो विषयमा हुट्टीट्याउँले आकाश थाम्दैन भनेर लेखेको रु हेडलाइन नै न्युज निकालेको त्यसैले होइन रु हुट्टीट्याउँले आकाश थाम्यो कि थामेन रु मेरो एजेण्डा आउँदा लेख्ने त तिनीहरु नै हुन् नि ।

तपाईको काम गराइबाट प्रधानमन्त्री असन्तुष्ट हुनुहुन्न भन्नेमा विश्वस्त हुनुहुन्छ ?

म त ‘हन्ड्रेड पर्सेन्ट’ विश्वस्त छु । किन भन्दाखेरि सबै काम सल्लाहबाट भइरहेको छ । मैले कुनै अपराध गरेको छ भने कसैले बताउनुपर्‍यो नि ।
स्रोतःअनलाइनखबर

प्रतिकृया दिनुहोस
RadioTaplajung

दुई महिनाअघि प्रधानमन्त्रीकहाँ अडियो पुर्‍याएको थिएँ : विजय मिश्र

फाल्गुन ९ गते । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमै पुगेर अडियो रेकर्ड गर्ने विजय मिश्र जापान बसेर नेपाल फर्केका हुन् ।

RadioTaplajung

न्यायाधीश नियुक्तिका आरोप पुरानै गीत हुन्

चैत २९ गते । आकांक्षी धेरै भएको ठाउँमा थोरै मान्छे मात्र न्यायाधीश सिफारिस हुँदा क्रियारप्रतिक्रिया आउनुलाई स्वाभाविक ठान्छन् कानुनमन्त्री

RadioTaplajung

वैकल्पिक शक्ति निर्माण भनेको पार्टी फुटाउनु हो ? के भन्छिन् रञ्जु दर्शना ?

पुस २९ गते । आन्तरिक विवादका कारण अन्ततः विवेकशील साझा पार्टी  फुटेको छ ।  पार्टीका एक संयोजक उज्ज्वल  थापालगायतले  नयाँ दल दर्ताका लागि आज