ताजा खबर

पाथीभरा गोल्डकप २०७५ः विजेतालाई २ सय ४० तोला चाँदी र ३ तोला सुन जडित कप र तीन लाख रुपैंया !

RadioTaplajung

पाथीभरा गोल्डकप २०७५ः विजेतालाई २ सय ४० तोला चाँदी र ३ तोला सुन जडित कप र तीन लाख रुपैंया !
देवराज गुरुङ,रेडियो ताप्लेजुङ,साउन ३० गते । आगामी भदौ ८ गतेदेखि हुने ‘तेश्रो पाथीभरा गोल्डकप फुटवल प्रतियोगीताको’ पुरस्कार राशि फेरी बढाइएको छ । लाखेजात्रा खेल सञ्चालक समितिको मंगलवार साँझको बैठकले उपाधि विजेतालाई ३ लाख १ हजार १ सय ११ र उप–विजेतालाइ १ लाख ५१ हजार १ सय ११ रुपैंया दिने निर्णय गरेको हो ।  यसअघि विजेतालाई २ लाख ५१ हजार र उपविजेतालाई १ लाख ११ हजार दिने निर्णय गरिएको थियो ।
प्रत्येक दिन हुने खेलका म्यान अफ दि म्याच खेलाडीले ५ हजार प्राप्त गर्ने छन । पुरस्कार राशि सहयोगी संस्थाहरुसगको समन्वयमा बढाइएको आयोजक लाखेजात्रा खेल संञ्चालन समितिले जनाएको छ ।
समितिले एक पटकमा आठ हजारले अवलोकन गर्नसक्नेगरीको प्याराफिट निर्माण सुरु गरेको छ । मैदानको पश्चिम, दक्षिण र पूर्वी भागमा अस्थायी प्याराफिट बन्ने भएको छ । दर्शकको चाप अत्याधिक भएपछि विगत ४ वर्षदेखि अस्थायी प्याराफिट बनाउन थालिएको हो । यो प्रतियोगीता लाखेजात्राको अवसरमा २०२९ सालदेखि प्रत्येक वर्ष हुदै आएको छ । २०७३ सालदेखि पाथीभराको समेत प्रचार गर्ने उद्धेश्यले नाम परिवर्तन गरेर ‘पाथीभरा गोल्डकप’ नामाकरण गरिएको हो ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा