ताजा खबर

साढे ३३ किलो सुनकाण्ड र सनम हत्या प्रकरण:बिहीबारदेखि उच्च अदालतमा सुनुवाइ सुरु

RadioTaplajung

साढे ३३ किलो सुनकाण्ड र सनम हत्या प्रकरण:बिहीबारदेखि उच्च अदालतमा सुनुवाइ सुरु
 साउन ३१ गते । साढे ३३ किलो सुन काण्ड तथा सनम शाक्य हत्या प्रकरणसँग जोडिएका अभियुक्तहरुको बारेमा बिहीबारदेखि उच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

गएको जेठ ८ गते जिल्ला अदालत मोरङको आदेशमा चित्त नबुझेर मुलुकी ऐनको अदालती बन्दोबस्ती १७ नम्बर अन्तरगत निवेदन दिएका ३० जनामध्ये ३ जनाको बिहीबार सुनुवाइ भएको हो । पूण्यप्रसाद लामा, सम्बीर तोलाङ्गे र राजन कुमारको सुनु्वाइ भएको हो । सुनुवाइ भएका तीनैजनाको जिल्ला अदालतले दिएको आदेश सदर भएको उच्च अदालत विराटनगरले जनाएको छ ।

उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायणप्रसाद रेग्मीका अनुसार उच्च अदालतका न्यायाधीश जनक पाण्डे र थीरबहादुर कार्कीको संयुक्त इजलाशले प्रहरी अधिकारीहरु संजय राउत, विकासराज खनाल, दिवेश लोहनी, गोबिन्द निरौला र अर्का प्रतिवादी हेमन्त मल्लको विषयमा संयुक्त कैफियत प्रतिवेदन प्राप्त भएकोमा छुट्टाछुट्टै एकल कैफियत प्रतिवेदन माग गरेको हो ।

उनीहरुको बारेमा मुद्दाको कैफियत प्रतिवेदन आएपछि मात्र आदेश आउने छ । एक नम्बर इजलाशमा पेश भएको ३ जनाको सुनुवाइका सन्दर्भमा २ जनाको आदेश आएको हो भने एकजनाको सुनुवाई हुन नसकेको रेग्मीले जानकारी दिनुभयो ।

डा।कुलरत्न भुर्तेल र उमेशकुमार सिंहको संयुक्त इजलाशले पूण्यप्रसाद लामा र सम्बीरप्रसाद तोलाङ्गेको हकमा निवेदकहरु निर्दोष रहेछन् भन्ने देखिन नआएको कारण जिल्ला अदालतको आदेशको सदर गर्ने  आदेश आएको हो ।

सोही इजलाशमा परेको राजन थापाको पेशीको भने समय अभावले सुनुवाइ हुन नसकेको रजिष्ट्रार रेग्मीले बताउनुभयो ।  त्यस्तै २ नम्बर इजलाशमा परेको राजन कुमारको पेशी पनि सुनुवाइ भएको छ ।

न्यायाधिश हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको संयुक्त इजलासले जिल्ला अदालतको निर्णय बेरित नदेखिँदा परिवर्तन गर्नु नपर्ने आदेश दिएको रजिष्ट्रार रेग्मीले बताउनुभयो । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले