ताप्लेजुङमा जुम्ल्याहा छोरी मारेर चर्पीमा फ्याँकेको आरोपमा आमा पक्राउ

ताप्लेजुङमा जुम्ल्याहा छोरी मारेर चर्पीमा फ्याँकेको आरोपमा आमा पक्राउ
रेडियो ताप्लेजुङ, भदौ १ गते । जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका–२ की २० वर्षीया कमला विकलाई आफ्नै जुम्ल्याहा छोरी गंगा र जमुनालाई साउन २६ गते हत्या गरि चर्पीमा फ्याँकेको आरोपमा शुक्रबार गिरफ्तार गरेको छ ।
इटहरीबाट धरान जाँदै गरेकी महिलालाई शुक्रबार दिउँसो पक्राउ गरि ताप्लेजुङ ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।
माइतीघरको चर्पीमा १० महिनाकी गंगा मृत अवस्थामा र जमुनालाई (ढुकढुकी) अवस्थामा साउन ३१ गते स्थानियबासीले उद्धार गरेको थियो । स्थानियबासीले १२ हजार रुपैयाँ संकलन गरि जमुनालाई उपचारका लागि सोही दिन झापा लगिएको थियो । यद्यपी उनको झापाको मनमोहन अस्पतालमा साउन ३१ गते नै मृत्यू भएको थियो । मृतक गंगा र जमुनाको बुवाको टुंगो लागेको छैन् । पक्राउ परेकाले अब अनुसन्धानको पाटो सुरु भएकाले हत्या बारे वास्तविकता चाँडै सार्वजनिक गर्ने प्रहरी नायब उपरिक्षक बस्नेतले बताए ।

 

 

प्रतिकृया दिनुहोस
SITENAME

मोटरवाटोले जोडिदैं हिमाली जिल्ला ताप्लेजुङ

आनन्द गौतम,ताप्लेजुङ  । भौगोलिक हिसावले देसकै तेश्रो ठुलो जिल्लाका दुई वटा वडा मात्रै अब मोटरेवल सडकले जोडीन बाँकी रहेको छ । यसै आर्थिक वर्षमा

SITENAME

श्रीमती करणी अभियोगमा ताप्लेजुङमा युवक कारागार चलान

माघ २, २०७५ /ताप्लेजुङ — श्रीमतीलाई करणी गरेको अभियोगमा ताप्लेजुङको सिरिजंगा गाउँपालिकाका एक युवा पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला

SITENAME

नेपाल टेलिकमले ताप्लेजुङमा ६ वटा टावर थप्दै

१ माघ,रेडियो ताप्लेजुङ । नेपाल टेलिकमले ताप्लेजुङमा ६ वटा नयाँ टावर थप गर्ने भएको छ । भौगोलिक रुपमा विकट मानिने ताप्लेजुङमा मोबाइल सेवालाई