ताजा खबर

रोनाल्डोको डेब्यू, भेरोनामाथि युभेन्टसको रोमाञ्चक जित

RadioTaplajung

रोनाल्डोको डेब्यू, भेरोनामाथि युभेन्टसको रोमाञ्चक जित
 भदौ ३ गते । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब फुटबल प्रतियोगिता सिरी ए को नयाँ सिजनमा डेब्यू गरेका छन् ।

डेब्यू खेलमा रोनाल्डोले गोल गर्न त सकेनन् तर उनको टिमले भने किएभो भेरोनासँग रोमाञ्चक जित हात पारेको छ । भेरोनाको घरेलु मैदानमा भएको खेलमा तेस्रो मिनेटमै युभेन्टसका लागि सामी खेदिराले गोल गरेका थिए। त्यसपछि खेलको ३८ औँ मिनेटमा भेरोनाका लागि स्टेपिन्स्कीले  बराबरी गोल गरे ।

५६औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै इम्मानुएल जियाचेरिनीले भेरोनाको अग्रता २–१ बनाए । तर खेलको ७५ औँ मिनेटमा भेरोनाका माटिया बानीको आत्मघाती गोलको सहयोगमा युभेन्टस खेलमा फर्कियो ।

खेलको अतिरिक्त समयमा फेडेरिको बर्नारदेस्चीले गोल गर्दै ३–२ ले युभेन्टसको जित सुनिश्चित गरे । योसँगै सिरी ए विजेता युभेन्टसले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

युभेन्ट्सले यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट रोनाल्डोलाई कीर्तिमानी ९८ मिलियन पाउन्डमा भित्र्याएको हो । रोनाल्डोकै कारण चर्चाको शिखरमा पुगेको सिरी ए फुटबलमा पनि रोनाल्डोले आफ्नो प्रभाव कायम राख्ने सक्नेछ ।

रोनाल्डोले सिरी एमा डेब्यू गर्दै गर्दा फुटबलका सर्वकालीन महान खेलाडी पेलेले रोनाल्डोलाई शुभकामना व्यक्त गरेका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा