ताजा खबर

दोस्रो वाइड बडी जहाजको व्यवसायिक उडान बैंककबाट

RadioTaplajung

दोस्रो वाइड बडी जहाजको व्यवसायिक उडान बैंककबाट
 भदौ ३ गते । नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ‘मकालु’ जहाजले थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट  उडान सञ्चालन अनुमतिपत्र (एओसी) पाएको मकालुले केही दिनभित्रै उडान थाल्ने भएको हो ।

मकालु जहाजको उडानका लागि आवश्यक सबै प्रक्रिया पूरा भैसकेकाले अबको दुई, तीन दिनभित्र उडान सुरु हुने निगमले जनाएको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको यो जहाज गएको साउन १० गते काठमाडौं अवतरण गरेको थियो । निगमको पहिलो वाइड बडी ए ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ जहाज गएको असार १४ गते आएको थियो ।

अन्नपूर्णले गत साउन १६ गते कतारको दोहाबाट व्यावसायिक उडान शुरु गरिसकेको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्