ताजा खबर

समयको लयमा आठराई

RadioTaplajung

समयको लयमा आठराई
भदौ ३ गते । आठराई । यसको अर्थ केलाउँदा आठ राजारमुखियारप्रमुख भनेर बुझ्नुपर्ने हुन्छ । राई राजा या शासक बोध गराउने शब्द भएको विभिन्न ऐतिहासिक तथ्यहरूले पुष्टि गरेका छन् । यो शब्द केही याक्थुङबाहरूको वंशावलीमा ९र१० पुस्तादेखि सुरु भई धेरै माथि गएको र राय शब्द प्रयोग भएको पाइन्छ ।

१८३१ सालमा पृथ्वीनारायण शाहले लिम्बुहरूलाई दिएको ताम्रपत्रमा भने राय र राई शब्द दुवै प्रयोग भएको छ । त्यसपछि गोर्खा सरकारले लिम्बुवानमा जारी गरेको विभिन्न सनद, रुक्का, लालमोहरहरूमा रायको साटो राई बढी प्रयोग गरेको र पछिबाट लिम्बुवानमा सुभाङ्गी सुरु गरिएपछि याक्थुङबाहरूले विस्तारै राईको साटो आफ्नै थर लेख्न थालेको देखिन्छ ।

लोहाङसेनले विजयपुरमा चढाइँ गरिसकेपछि लिम्बुवानमा सेनहरूको शासन चल्न थाल्यो । ह्यामिल्टन ९१९९०० का अनुसार यिनका पुर्खा चितौरबाट आएका जिल राय र अजिल राय थिए । राय शब्द प्रयोग गर्ने सेनहरूको हातमा लिम्बुवान गएपछि यिनीहरूले विभिन्न लिम्बुहरूलाई स्थानीय शासन हेर्नेगरी ‘राय’ भनेर कागज गरिदिएको तथ्य सेनहरूले लिम्बुहरूलाई दिएको विभिन्न स्याहामोहरहरूबाट थाहा हुन्छ ।

यसरी लिम्बुवानमा राय शब्द भित्रिएर व्यापक बन्न पुगेको देखिन्छ । आठराई नामकरण सेनकालमा भएको हो भने उसबेला आठराईको स्थानीय प्रशासन हेर्ने जिम्मा पाएका आठ थरी रायहरू भएको बुझ्नुपर्ने हुन्छ । यी आठ थरी रायहरू कन्दङवा र तुम्बाहाङफे वंशावलीमा उल्लेख गरेको पाइन्छ ।

१८३१ वैशाख ३० गते र फेरि १८३१ श्रावण २२ गते पृथ्वीनारायण शाह र लिम्बुवानका मुख्य शासकहरू मध्येका तीन शासकहरूबीच भएको सन्धिको ताम्रपत्रमा एउटा नाम देखिन्छ, ‘श्रीजंग राय’ जो आठराईका अन्तिम शासक थिए ।

साविक ईवा गाविस–५ का एउटा थुम्को छ, जसलाई अझै पनि श्रीजंग गढी भनिन्छ । यस वरपरका केही स्थानहरूको नाम तिनै श्रीजंग रायको जीवनीमा आधारित रहेर नामकरण रहन गएको ईङनाम ईवाहाङ पापो वंशावलीमा उल्लेख छ । उक्त वंशावलीमा आठराई हिउँदे खोला तमोर मिसिने फराकिलो फाँटमा श्रीजंग राय र गोर्खाली फौजबीच ठूलो लडाइँ भएको र श्रीजंग रायका धेरै सैनिक मारिएको र श्रीजंग राय भने बाँचेकाले त्यस खोलालाई हिङदेनवा भनियो भनी लेखिएको छ ।

हिङदेनवा भनेको बाँचेको ठाउँको खोला भन्ने अर्थ हुन्छ । पछिबाट हिङदेनवा खोला अपभ्रंश भई हिउँदिया बन्न पुग्यो । उक्त लडाइँपछि श्रीजंग राय यस वरिपरिको जंगलमा धेरै दिनसम्म लुक्दै घुमिहिँंडेकाले त्यस ठाउँको नाम नै ईवा रहन गएको भनिएको छ । ईवाको अर्थ घुमिहिँंंडेको भन्ने हुन्छ ।

हड्सन पाण्डुलिपिमा थोरै स्थानहरूको मात्र गोर्खा– लिम्बुवान लडाइँको चर्चा गरिएको छ । गोर्खा र लिम्बुवान बीचको तमोर आसपास भएका कतिपय लडाइँहरू जनश्रुतिमै सीमित छन् । इतिहास लेखक सेरबहादुर ईङनामका अनुसार ह्वाकु गाउँको शिरमा अवस्थित हाङगेक्पामा समेत उहिले आठराईका शासक हाङहरूको बसोबास थियो । त्यस ठाउँलाई हाङयुक्ना भनिन्थ्यो ।

हाङयुक्नाको अर्थ राजा बस्ने ठाउँ हो । पछिबाट हाङयुक्ना अपभ्रंश भएर हाङगेक्पा बन्न पुग्यो । हाङगेक्पाकै छेउमा हाङको भन्ने ठाउँ छ । हाङको अर्थात् हाङकोमाको अर्थ राजा रुँघ्ने ठाउँ हो । त्यहीं हाङको अपभ्रंश हुँदै सिंगो गाउँको नाउँ नै ह्वाकु बन्न गएको भनाइ छ । ह्वाकु, ईवा गाउँका मूलवासी भनेका ईङनामहरू हुन् । ह्वाकु, ईवाका केही थिङलाबोहरू ताप्लेजुङ थिङलाबोबाट आई यहाँ बसोबास गर्नथालेको देखिन्छ ।

त्यसैगरी आठराईको सबैभन्दा पल्लो छेउमा रहेको गाउँ हाङपाङको सबैभन्दा पुरानो मूलवासी हाङभाङ लिम्बुहरूलाई मानिन्छ । तिनै हाङभाङ थरी लिम्बुहरूबाट गाउँको नाउँ नै हाङभाङ हुँदै अप्रभंश भएर हाङपाङ रहन गएको हो । काजीमान यक्सोको यक्सो वंंशावली हेर्दा थाक्थाकु माबोहाङ वंशका यक्सोहरू पनि यहाँ धेरै अघिदेखिको बसोबास देखिन्छ । त्यसैगरी यहाँका अर्को पुरानो बासिन्दा आङबाङरआङभाङहरू हुन् ।

याङवरकका मूल शासक भनिने खोयाहाङ खलक आङभाङहरू याङवरकबाट आएर यहाँ बसोबास गर्नथालेको देखिन्छ । पछिबाट आङभाङहरूले आङबोहाङ लेख्न थालेका हुन् भनिन्छ । त्यसपछि छेन्ताङ गाउँ त्यहाँका सेन्दाङ थरी लिम्बुहरूबाट नामकरण भएको हो । यिनको माङगेन्ना यक फेदापको सोधुङ हो । सोधुङ अहिले अपभ्रंश भएर सोधन भैसकेको छ । सोधुङ–सेन्दाङ वंशावली अनुसार सोधुङ र सेन्दाङ दाजुभाइमा भाइ सेन्दाङ दाइ सोधुङसँग छुट्टिएर अहिलेको छेन्ताङमा बसोबास गर्नथाले । यसरी गाउँको नाम छेन्ताङ तिनै मूलवासी सेन्दाङबाट रहन गएको देखिन्छ । सेन्दाङ अपभ्रंश हुँदै छेन्ताङ बन्न पुग्यो ।

निघुरादेनको नामकरणमा भने दुई थरी मत छ । ईङनाम वंशावलीमा उल्लेख भए अनुसार निघुरादेनको नामकरण श्रीजङ्ग रायभन्दा अघिल्लो पुस्ताका आठराईका शासक हाङफुयाहाङको मृत्युसँग सम्बन्धित भएर रहेको देखिएको छ । ती राजाको लाजोहाङमा नाम गरेकी आफ्नै बहिनी र नाम्हाङ नाम गरेका ज्वाइँले अघि लडाइँमा पराजित भएको रिसइबीका कारण षडयन्त्रपूर्वक खानेकुरामा विष हालेर ख्वाई हाल निघुरादेन भन्ने ठाउँमा पुगेपछि राजा हाङफुयाहाङको मृत्यु भएको र त्यहीं दफन गरिएको उल्लेख छ । लिम्बु भाषामा निङचादेन भनेको विष खाएको ठाउँ भन्ने बुझिन्छ । सोही निङचादेन अपभ्रंश भएर निघुरादेन भएको भनी उल्लेख छ ।

त्यसैगरी पोमोहरूको वंशावलीमा भने राँग्या राय भनिने पामुहरूको शक्तिशाली पुर्खाले नेग्रा ९नगरा० बजाउँदै निगुरादेन आसपास आफ्नो साँधसिमाना कायम गरेको हुनाले नेग्रादेन भएको उल्लेख छ । नेग्रादेनको अर्थ केलाउँदा लडाइँमा बजाइने नगरालाई लिम्बुहरूले नेग्रा भनेका हुन् । यद्यपि यो लिम्बु भाषा भने होइन । देन भनेको चाहिँ ठाउँ हो । त्यहाँका मूलवासी भनेका पोमु लिम्बुहरू हुन् ।

तिनका पुर्खा पोमो केच्छाङले हाल चुलीढुंगा भनिने पोमोलम्बा गढीमा पोमुहरूको माङगेन्ना यक खडा गरेको पोमो वंशावलीमा उल्लेख छ । ह्वाकु, ईवा आसपासका स्थानहरूको पुरानो नामहरू लिनुपर्दा वाबुन, सिङमातुम, खर्वाथक, नाम्लुङजङ, काक्लिवा आदि हुन् । लिम्बु भाषामा पानी उम्रने ठाउँलाई वाबुन भनिन्छ । पछिबाट वाबुन अपभ्रंश भएर याबन भएको हो । सिङमातुम भनेको रुखहरू टुप्पोमा भेट भएकोरजोडिएको भन्ने अर्थ दिन्छ ।

धेरै अघि त्यस्तो रुख त्यहाँ थियो होला र ठाउँको नाम त्यहीँ रहन गयो पछिबाट सिङमातुम अपभ्रंश भएर सिमादुङ बन्न पुग्यो । खर्वाथक भनेको काठलाई कुँदिएर बनाइएको भाँडो हो । धेरै अघि त्यहाँ खर्वाथक बनाइन्थ्यो होला र ठाउँको नाम नै खर्वाथक रहन गयो । पछिबाट खर्वाथक अपभ्रंश भएर खुर्पाथोक बन्न पुग्यो । नाम्लुङजङ अपभ्रंश भएर नामर्जुङ बन्न पुग्यो । नाम्लुङजङ भनेको पहिला घाम लाग्ने ठाउँ भनेर बुझिन्छ । काक्लिवा अपभ्रंश भएर कालिपा बन्न पुग्यो ।

त्यस्तै अहिलेको छातेढुंगा भनिने गाउँ फुङनामभित्र पथ्र्यो । फुङनामको अर्थ फूलैफूलको सुगन्ध आउने भन्ने हुन्छ । पञ्चायतकालमा त्यहाँको आठराई पोखरीमा आधारित नाम पोखरी गाउँ पञ्चायत राखियो । बहुदल आएपछि छातेढुंगा गाविस बनाइयो । यसरी त्यहाँको प्राचीन नाम फुङनाम ओझेलमा पर्दै गयो । राणाकालीन समयमा निर्माण भएको त्यहाँको छाता ढुंगा याक्थुङबाहरूको कलाकारिताको एक उत्कृष्ट नमुना मानिन्छ । त्यसैगरी अहिलेको चुहानडाँडा त्यस गाउँको प्राचीन नाम फुङसिङभित्र पथ्र्यो ।

फुङसिङको अर्थ फूलैफूलको रुख भन्ने हुन्छ । त्यस मुनिको गाउँ माङसारी जसको लिम्बु भाषामा अर्थ माङ– ईश्वर, सारी– कलश अर्थात् देवतामा राखिने कलश । त्यस्तै फाक्च्वा जसको अर्थ फाक– सुँगुर, च्वा– पानी यी नामहरू के आधारमा राखिए, त्यो खोजीकै विषय बनेको छ ।

यस फुङसिङ, फुङनाम, फाक्च्वा, बक्खिम गाउँको मूलबासी भनेको कन्दङवा थरी लिम्बुहरू हुन् । कन्दङवा वंशावलीमा कन्दङवाहरूको प्रथम गढी भनेको बक्खिम हो भनी उल्लेख गरेका छन् । बक्खिम भनेको हालको चुहानडाँडादेखि मुनि पर्छ । कन्दङवापछि त्यहाँका पुराना वासिन्दा भनेका तमोर खोला फुन्छेबुङ माङगेन्ना यक भनिएका पन्धाकहरू हुन् । त्यसैगरी फाक्च्वा, फुकामदेन हुँदै थोक्लुङसम्म कन्दङवाहरूकै मूल बसोबास देखिन्छ । थोक्लुङको पुरानो नाम थगकलुङ हो ।

थगकलुङका दुई ढुंगाहरू जुधेर आवाज निस्कन्थ्यो भनिएका ढुंगाहरू अझैसम्म त्यहाँ देख्न सकिन्छ । धेरै अघि सिमाना कायम गरिएको भनिएका थोक्लुङको पल्लो छेउ मुसे खोलादेखि आठराईको सीमा समाप्त हुन्छ र त्यहाँको सोधन गाउँबाट फेदाप सुरु हुन्छ । फेदाप र आठराईको बीच भएर बग्ने कुयाखोलाको पुरानो नाम कुयावा हो । जसको लिम्बु भाषामा अर्थ पल्लो छेउको खोला भन्ने हुन्छ । पल्लो छेउको खोला भन्नासाथ सिमानालाई जनाउँछ । जसले धेरैअघि आठराई र फेदापको सिमाना कुयावाको शिरदेखि फेदसम्म नै थियो भन्ने अनुमान गर्न सकिन्छ । स्रोतःई कान्तिपुर । लेखक लक्ष्मण लावती

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिमा जे देखियो

प्रिशा वस्नेत ,ताप्लेजुङ, बैसाख १५ गते    मुलुकलाई बलियो बनाउन मूलतः राजनीति बलियो हुनुपर्छ । राजनीतिलाई बलियो बनाउन राजनीति पार्टीहरू बलियो

RadioTaplajung

जस्ता नेता, उस्तै पत्रकार

चैत्र १७ गते ।  आफ्नै आङ कन्याएर छारो उडाउने रहर कसलाई पो हुन्छ र ? तर, आज हामी नेपाली पत्रकार जुन अवस्थामा छौं, यहाँनेर छारो उडाएर मात्रै पुग्दैन ।

RadioTaplajung

छाउ गोठ कि छाउ सोच भत्काउने ?

तिलकप्रसाद सापकोटा,माघ ११ गते । अछामलगायत पश्चिम नेपालका अधिकांश जिल्लाका स्थानीय तहमा पुस ९ देखि छाउ गोठ भत्काउ अभियान चलिरहेको छ। अहिलेसम्म दुई