ताजा खबर

विश्वसंगीतमा जम्दै डान्स हल

RadioTaplajung

विश्वसंगीतमा जम्दै डान्स हल
भदौ ३ गते । युटयुब, स्पोटीफाई जस्ता न्यु मिडियाको आगमनसँगै विश्व सांगीतिक वृत्तमा अमेरिकी म्युजिकको एकछत्र आधिपत्य कमजोर बन्दै गएको छ ।

गीतसंगीत प्रसारणका लागि रेडियोरटेलिभिजनको भर पर्नु नपर्ने भएपछि अहिले जमाइकन डान्सहल म्युजिक चर्चाको शिखरमा पुगेको छ । जमाइकन गायकगायिका सेलेब्रिटी बन्न थालेका छन् ।

अमेरिकामा मात्र होइन, विश्व संगीतमै अंग्रेजी गीतले कब्जा जमाउँदै आएको थियो । युरोपरअमेरिकाका संगीतकर्मी विश्वविख्यात भइरहँदा अन्य भाषा र भेगका कलाकार आफ्नै क्षेत्रमा सीमित हुन बाध्य थिए । अहिले न्यु मिडियाले यो एकाधिकार तोडेको छ । दक्षिण कोरियाका साईको ‘गङनम स्टाइल।।।’ त्यसैको एक उदाहरण हो । यसै गीतबाट साईले दुनियाँ नचाएपछि अहिले कोरियन पप म्युजिकको बजार बढेर व्यापक बनेको छ ।

पुर्टो रिको, मेक्सीको, कोलम्बियाजस्ता ल्याटिन अमेरिकी देशका गीतहरू युटयुबमा सर्वाधिक भ्युज बटुल्न सफल भएका छन् । स्थानीय भाषाको ‘डिस्पासितो।।।’ हालसम्म सबैभन्दा बढी भ्युज भएको म्युजिक भिडियो हो । यस्ता गैरअंग्रेजी सांगीतिक उत्पादनले विश्वभरका दर्शकरश्रोता रिझाइरहेका छन् । स्पेनी गीत र म्युजिक भिडियोको चर्चा उस्तै छ ।

यी सबैमाझ अब जमाइकन संगीतको प्रभाव बढ्ने आँकलन गरिएको छ । द रोलिङस्टोन म्यागाजिनले यसबारे हालै एउटा लामो फिचर प्रकाशन गरेको थियो । त्यसमा भनिएको छ, ‘के–पप, ल्याटिन सङ र रेग्गेपछि अब डान्स हल म्युजिक अर्को विधाका रूपमा विश्वभर छाउन सक्छ ।’ जमाइकन संगीतकै रेग्गे विधालाई बब मार्ली, जिमी क्लिफ, पिटर टोस लगायतले विश्वविख्यात बनाएका थिए ।

डान्स हल म्युजिक रेग्गेभन्दा फरक छ । यसमा प्रत्यक्ष वाद्यवादन प्रयोग गरिँदैन । प्रोग्राम्ड अथवा इलेक्ट्रोनिक म्युजिक राखिन्छ । तर, रेग्गेको जस्तै मेलोडिक गायन यसमा हुन्छ । पछिल्लो समय भाइरल बनेका कतिपय अंग्रेजी भाषाका गीतमा समेत जमाइन प्रभाव देखिने रोलिङस्टोनको कथन छ । एड सिरनको ‘सेप अफ यु।।।’, सियाको ‘चिप थ्रिल्स।।।’ र जस्टिन बिबरको ‘सरी।।।’ मा रेग्गे र डान्स हलको आभास पाइने त्यसमा उल्लेख छ ।

‘डान्स हल रेग्गेको सन्तान हो र अन्य कैयौं विधाको जननी पनि,’ गायक सिन पलले भनेका छन्, ‘हिपहप, पप, आर एन्ड बी, क्लब सङहरूमा यस्ता अफ्रो बिटको अथाह प्रयोग हुँदै आएको छ । अहिलेका र्‍याप सुपरस्टार ड्रेकले आफ्ना कतिपय गीतमा नाइजेरियन ध्वनि राख्ने गरेका छन् ।’ उनका अनुसार मूलधारका कलाकारले अफ्रिकी धून चलाए पनि डान्स हलजस्तो मूल अफ्रिकी विधालाई भने स्थान दिन कन्जुस्याइँ गरिन्छ ।

‘अवसर दिनुअगावै कलाको हत्या गर्ने चलन छ,’ डान्स हल र रेग्गे गायक क्रेनियम भन्छन्, ‘मान्छेहरू किन यसलाई स्विकार्न डराउँछन् रु’ जमाइकाजस्ता पिछडिएका मुलुकमा अन्तर्राष्ट्रिय बजारमा रुचाइने खालको सांगीतिक पूर्वाधार नभएकाले स्थानीय कला छायामा पर्ने वा त्यसको उपयोगबाट अरूले फाइदा उठाउने गरिएको संगीत उत्पादक ज्याक्सले रोलिङस्टोनलाई बताएका छन् । ‘हामी पनि विश्वस्तरमा सुहाउँदो गरी क्रिएटिभ हुन जानिरहेका छैनौंं कि,’ उनी भन्छन्, ‘अब डान्स हलमा हामीले फरक स्वाद दिन जरुरी छ ।’ स्रोतःई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण