ताजा खबर

महिला अधिकारकर्मीलाई मृत्युदण्डको माग

RadioTaplajung

महिला अधिकारकर्मीलाई मृत्युदण्डको माग
 भदौ ८ गते । साउदी अरबमा पहिलो पटक महिला अधिकारकर्मीहरूलाई मृत्युदण्डको माग गरिएको छ ।

सार्वजनिक अधिकारको पक्षमा आवाज उठाइरहेका महिला अधिकारकर्मीसहित पाँच जनाका विरुद्धमा मृत्युदण्डको माग गरिएको हो ।

सुन्नीको नियन्त्रणमा रहेको र तेलको पर्याप्त खानी रहेको पूर्वी प्रान्त शिया क्षेत्रमा विरोध प्रदर्शन गरेकाहरूलाई मानवअधिकार उलङ्घन गरेको आरोप लगाइएको छ ।
 
सन् २०११ देखि पूर्वी प्रान्तमा प्रदर्शन गर्दै आइरहेकी महिला अधिकारकर्मी इश्रा अल गोमघाम मानवअधिकार हननसम्वन्धी अभियोगमा मृत्युदण्डको सजाय तोकिने पहिलो महिला हुनुभएको छ ।

उहाँलाई सन् २०१५ को डिसेम्बर महिनामा उहाँकै घरबाट श्रीमान्सहित नियन्त्रणमा लिइएको एम्नेष्टी इन्टरनेशनल र ह्युमन राईस् वाचले यसै हप्ता छुट्टा छुट्टै सूचनामार्फत जनाएका छन् ।

“सरकार विरोधी प्रदर्शनमा सम्लग्न भएको अभियोगमा इश्रा सहित पाँच जनाले अहिले भयावह दण्ड सजाय भोगिरहेका छन्,” एम्नेष्टी इन्टरनेशनलका मध्यपूर्व निर्देशक समाह हाडिडले भन्नुभयो ।

उहाँले यो निर्णय फिर्ता लिन साउदी अरबका अधिकारीसँग आग्रह गरिरहेको जानकारी दिनुभयो । तर आफुहरूको आग्रहका बारेमा उनीहरूले अहिले सम्म कुनै प्रतिक्रिया नदिएको पनि उहाँले बताउनुभयो । एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल